राजनीतिक दलले कहिलेसम्म भोट खरिद गर्ने ?

समाचार

साबित्री खत्री
काठमाडौं । स्थानीय निर्वाचन सम्पनन भएको छ । गत शुक्रबारबाट कतिपय स्थानीय जनप्रतिनिधिले सपथ खाएका छन् भने कतिपय जनप्रतिनिधि सपथ खाने क्रममा छन् । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन जित्न राजनीतिक दलले विभिन्न क्षेत्र, गाउँबस्ती, वडास्तरमा काठमाडौंदेखि अन्य शहरमा बसोबास गर्नेदेखि विभिन्न व्यवसायी, उद्योगीसम्मलाई गाडी रिजर्भ गरी खानाको व्यवस्था गरेर र दिनको ज्याला समेत दिएर गाउँ गाउँ लगेका थिए । कतिपय मतदाताहरुलाई गाउँमा लगेपनि मतदाता नामावलीमा नाम नभएकै कारण मत हाल्न पाएनन् । जुनै पार्टीलाई भोट दिएपनि केही हुने होइन भन्दै कतिपय मतदाताहरु भोट हाल्न नै गएनन् । स्थानीय जनप्रतिनिधिले ३० गते बिहानसम्म विभिन्न पार्टीका कार्यकर्तालाई रातभर सोमरस र मासु चिउरा खुवाएर भोटका लागि फकाउने काम गरे । स्थानीय जनप्रनिधिहरुले लाखौं लाख खर्च गरेको पाइन्छ । अहिले कतिपय राजनीतिक पार्टीका जनप्रतिनिधिले चुनाव हारेर बसेका छन् । कतिपय जनप्रतिनिधिले चुनाव जितेपछि विजय जुलुस निकाल्ने, भोज खुवाउने, खसी राँगा ढाल्ने गरेका छन् । कतिपयले विवाह जसरी बाजागाजासहित शहर, गाउँटोल परिक्रमा गरेका छन् ।
यसले के देखाउँछ भने स्थानीय जनप्रतिनिधि जितेको व्यक्तिले विकास भन्दा बढी विनाश गर्ने देखिन्छ । किनकि स्थानीय चुनाव जित्नलाई राजनीतिक दलका कार्यकर्तादेखि व्यापारी, उद्योगी, बुद्धिजिवीहरुले आफ्नो वडा जिताउन ऋण लिनेदेखि ब्याजमा पैसा काढेर खर्च गरेका छन् । हार्ने जनप्रतिनिधिले नराम्रो व्यवहार गर्ने र जित्ने कार्यकर्ता जनप्रतिनिधिले चुनाव खर्च उठाउन लागिपर्ने देखिन्छ । विकास भन्दा विनाश बढी हुने हो कि भनने भान नेपाली जनस्तरमा बढेर गएको छ । खासगरी नेपाली जनतालाई राजनीतिक पार्टीबाट वितृष्णा भएको छ । पुराना निष्ठावान पार्टीमा रातिदन खट्ने र आफ्नो जीवन पार्टीलाई समर्पण गर्ने व्यक्तिले टिकट नपाएर छटपटाएका छन् । कतिपय राजनीतिक पार्टीका कार्यकर्ता टिकट नपाएको र पार्टीले व्यक्ति हेरेको आरोप पनि छ । संगठन र निष्ठावान, क्षमतावान कार्यकर्तालाई बाइपास गरेको कारण आफ्नै पार्टीका जनप्रतिनिधिलाई आफ्नै पार्टीका कार्यकर्ताले भोट दिएका छैनन् र बाहिरी रुपमा पार्टीलाई सहयोग गरेजस्तो गर्ने र भित्री रुपमा अन्य दलको कार्यकतालाई भोट माग्दै चुनाव जिताउन लागिपरेका थिए । यो रोग सबै राजनीतिक पार्टीमा लागुभ एको छ । धेरै घात एमालेमा भएको देखिन्छ । एमालेमा व्यक्ति हावी भएको र कार्यकर्तालाई बेवास्ता गरेपछि एमाले कार्यकर्ता भाँडिएका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेसभित्र समेत कार्यकर्ताले पार्टीलाई विश्वास गरेका छैनन् । एमाले कतिपय स्थानीय तहमा जित्नुपर्ने ठाउँमा हारेको अवस्था छ भने पार्टीले कार्यकर्ताको खोजी गरेको छैन ।
माओवादी र एकीकृत समाजवादी पार्टी बेलैमा होसियार नभएमा भविष्यमा वामपन्थी शक्ति बिलाएर जाने अवस्था आउन सक्छ । अब स्थानीय निकायदेखि संघीय प्रदेश चुनाव सम्ममा वामपन्थी एकता नभएमा नेपाली कांग्रेसले चुनावी गतिविधि अगाडि बढाएर वापमन्थीको साहरा लिएर स्थानीय चुनावमा ठूलो दल बनेजसरी नै संघीय चुनावमा ठूलो शक्तिको रुपमा उदय हुनेछ । वामपन्थी शक्ति पलायन भएर जानेछ । वामपन्थी सरकारमा गएपछि कार्यकर्तालाई खोजीनिती नगर्ने र गुट खडा गर्ने, गुटमाथि गुट बनाउने, जब चुनाव आउँछ अनि कार्यकर्तालाई ललिपप देखाएर खान पल्केको वापमन्थी शक्तिकसरी अगाडिबढ्ने हो भन्दै कार्यकर्ताले गुनासो पोखेका छन् । नेपाली कांग्रेस सत्तामा जान्छ, कार्यकर्ता पाल्छ भने वामपन्थी सरकारमा जान्छ, आँफै भ्रष्टाचार गर्छ, पार्टीको नाममा करोडौं चन्दा उठाउँछ, कार्यकर्ताको बिजोग हुन्छ, चुनावमा हारेपछि कार्यकर्ताको मूल्याकंन हुँदैन र पुर्पुरोमा हात राख्ने काम गर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *