बहिनी नाता पर्ने बालिका बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

समाचार

दार्चुला । दार्चुलामा एक शिक्षक नावालिका छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।जिल्लाको नौगाड गाउँपालिका–६ स्थित धुलिगडाका शिक्षक रामसिंह धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर पढाउने शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप छ ।

अहिले उनलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जनाएका छन् । पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता करणी र साइबर क्राइम अपराधमा जाहेरी दिएकी थिइन् । पीडित किशोरी आरोपित धामीको छिमेकी र बहिनी नाता पर्ने पनि बताइएको छ ।

आरोपित शिक्षक धामीले किशोरीलाई गत सालको फागुन महिनामा पहिलोपटक बलात्कार गरेको पनि खूल्न आएको छ ।

आफन्तका अनुसार ती शिक्षकले बलात्कार गरेपछि भिडियो पनि बनाएको र त्यही भिडियो देखाएर ब्ल्याकमेल गर्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । आरोपित धामीले बनाएको भिडयो पनि अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *