श्वेतगंगा हाइड्रोले पायो शेयर निष्काशन गर्न अनुमति

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न जेठ १० गते अनुमति प्रदान गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई यी शेयर जारी गर्ने भएको हो ।

यस कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धकमा चयन गरेको छ। यो सानिमा समुह अन्तर्गतको कम्पनी हो ।

कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८।१ मे।वा। क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *