दुई कम्पनिले पाए आईपिओ निष्काशन गर्न अनुमति

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनिलाई आइपियो निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले जेठ १० गते मंगलबारबाट आदर्श लघुवित्त वित्तीय संस्था र राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई आईपिओ आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो ।

बोर्डबाट अनुमति पाएसंगै आदर्श लघुवित्तले ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गर्ने भएको छ ।

कम्पनिको शेयर निष्काशनको लागि बि।ओ।के। क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। यस कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

त्यसैगरी, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ ।

कम्पनीले भदौ ८ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले मुक्तिनाथ क्यापिटललाई शेयर निष्काशनको लागिबिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *