कांग्रेसले धोका दिएको भन्दै जनता समाजवादीले दियो बाहिरिने धम्की

प्रमुख राजनीति समाचार

काठमाडौं । एकसाथ मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको लगभग सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । निर्वाचनको यो परिणामलाई लिएर सत्तारुढ गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उत्साहका साथ ससन्तुष्टि प्रकट गरेका छन् ।

उता गठबन्धनकै एउटा दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनालले भने चुनावमा नेपाली कांग्रेस र माओवादी केन्द्रले निर्वाह गरेको भूमिकाप्रति आपत्ति प्रकट गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनालले सम्पन्न निर्वाचनमा कांग्रेस र माओवादीको भूमिकालाई गठबन्धनको भावना विपरीत भनेर आपत्ति प्रकट गरेका हुन् ।

गठबन्धनको एउटा दल एकीकृत समाजवादीको तर्फबाट सम्पन्न निर्वाचनमा गठबन्धनका दुई ठूला दलले निर्वाह गरेको भूमिकाप्रति यसरी असन्तुष्टि व्यक्त गरेको छ । गठबन्धनकै अर्को एउटा दल जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सम्पन्न निर्वाचनमा कांग्रेसले निर्वाह गरेको भूमिकाप्रति घोर आपत्ति प्रकट गर्दै गठबन्धन र सरकारबाट समेत आफ्नो पार्टी बाहिरन सक्ने चेतावनी दिएका छन् ।

गठबन्धनले जनकपुर उपमहानगरपालिकाको मेयर जनता समाजवादीलाई र उपमेयर नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो । यो निर्णय अनुसार जनता समाजवादीले जनकपृुर उपमहानगरको मेयरमा राजकिशोर शाहलाई अगाडि सारेको थियो । त्यसैगरी नेपाली कांग्रेसले उपमेयरमा किशोरी शाहलाई उम्मेदवार बनाएको थियो ।

जनकपुर उपमहानगरको मेयर गठबन्धनले जनता सामाजवादीलाई दिने गरी गरेको निर्णयप्रति नेपाली कांग्रेस जनकपुर कमिटीका अध्यक्ष मनोजकुमार साहले विद्रोह गर्दै कांग्रेस नगर कमिटी सभापतिबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका थिए । पार्टी र गठबन्धनको निर्णयप्रति विद्रोह गर्दै र चुनौति दिँदै नगर मेयरमा उम्मेदवारी दिएका मनोज साहलाई नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीलगायतका कांग्रेसीले समर्थन गरेका थिए ।

पूर्व उपसभापति निधिले मनोज साहको पक्षमा सार्वजनिक रुपमै अपील प्रकाशित गरेका थिए । यसरी गठबन्धनले जनकपुर उपमहानगरको मेयर जनता समाजवादीलाई दिएको भएपनि स्थानीय कांग्रेसले यो निर्णयप्रति विद्रोह गरेर मनोज शाहलाई समर्थन गर्दै विजयी बनाएका छन् ।

त्यसैगरी कांग्रेसको तर्पmबाट उपमेयरमा उम्मेदवार भएका किसोरी शाह पनि विजयी भए र विद्रोही मनोज शाह र किसोरी साहको संयुक्त विजयी जुलुलस जनकपुरमा निस्किएको छ । त्यसैगरी ६ वटा महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसलाई ।

पोखरा एकीकृत समाजवादीलाई, त्यसैगरी वीरगन्ज महानगरपालिकाको मेयर जनता समाजवादीलाई र भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिने सहमति गठबन्धनले गरेको थियो । यो सहमतिअनुसार विराटनगर महानगरमा नेपाली कांग्रेसले मेयरमा उम्मेदवारी दिएसँगै जनतासमाजवादीले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उपमेयरको उम्मेदवार बनाएको थियो ।

तर, विराटनगरका कांग्रेसीहरुले गठबन्धनको सहमति अनुसार उपमेयरमा उम्मेदवार भएका अमरेन्द्र यादवलाई मत नदिएर नेकपा एमालेले उम्मेदवार बनाएकी सिता कार्कीलाई मत दिएको चुनावी परिणामले देखाएको छ । यसरी गठबन्धनको निर्णयलाई उल्लंघन गर्दै नेपाली कांग्रेसले जनकपुर र विराटनगरमा धोका दिएको भन्दै जनता समाजवादीका अध्यक्ष यादवले गठबन्धन र सरकारसमेत छाड्ने धम्की दिएका छन् ।

गठबन्धन र वर्तमान सरकारप्रति जनता समाजवादीका अध्यक्ष यादव यसरी आक्रोसित हुनथालेपछि प्रमुख प्रतिपक्षी दm नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादीका अध्यक्ष यादवसँग भेटवार्ता र छलफल बढाउन थालेका छन् ।

सम्पन्न निर्वाचनमा कांग्रेसले निर्वाह गरेको भूमिकाको कारण रुष्ट बन्न पुगेको जनता समाजवादीले यससम्बन्धमा केन्द्रीय कार्यकारीको बैठक बोलाएर छलफल र निर्देशन गर्ने भएको छ । यदि जनता समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय ग¥यो भने लोकतान्त्रिक समाजवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थिति बन्दै गएको छ ।

दुई मधेसवादी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए भने यो सरकार अल्पमतमा पर्न जाने छ र पाँच दलको गठबन्धन पनि भताभुङ्ग हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *