प्रहरीभित्र चुनावी रन्को

समाचार

काठमाडौं । आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनाव हुन गइरहेको छ । राजनीतिक दलले चुनावी माहोल आफ्नो पक्षमा पार्नलाई सुरक्षा निकायदेखि निर्वाचन अधिकृतसम्मलाई प्रयोग गर्ने गरेका छन् । त्यति मात्र नभएर विभिन्न किसिमको रणनीति बनाउन लागिपरेका छन् । मंसिर ४ गतेको माहोल आफ्नो पक्षमा पार्नको लागि प्रहरी प्रशासन बढुवा गर्नसम्म थालेको अवस्था छ । निर्वाचन आयोगले बजेट माग्ने र निर्वाचनको सामग्री छाप्नेदेखि यावत कुराको तयारी गरिारखेको छ । नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना गर्नेदेखि निर्वाचनको लागि गाडी दरिद गर्ने भनिराखेको छ । तर, नेपाल प्रहरीभित्र कहिले के काण्ड, कहिले के काण्डको समाचार आइरहेका छन् ।
हालसालै नेपाल प्रहरीभित्र बुट खरिदको समाचार आएको थियो । प्रहरीलाई पाल छैन, भान्सा छैन, व्यारेक छैन भनने समाचार आएका छन् । यस्तै प्रहरीको बढुावामा पैसाको चलखेल भएको छ । सशस्त्रमा पैसाको चलखेल भएको समाचार आइरहेका छन् । तर, प्रहरीले तस्करसित मिलेर तस्करी पैmलाएको आरोप छ । प्रहरीले यस्तो समाचारको साचो प्रहरीले राखेका छैनन् । प्रहरीले यस्तो समाचारको चासो राखेर पनि खासै फाइदा छैन । काग कराउँदै जान्छ पिना सुक्दै जान्छ भन्ने जस्तै नेपाल प्रहरीले चासो देखाएको छैन । भ्रष्टाचार भएकै छ । महिनावारी उठाएकै छ । राजनीतिक दलको पिछा लागेकैछन्, पैसा दिएर बढुवा भएकै छन् ।

अहिले बजारमा इनिस्पेक्टरको बढुवामा १८ लाख दिएपछि बढुवा स्वतः हुने हल्ला चलाइएका छन् । उता डीएसपी, एसपी, एसएसपीको बढुवामा कति होला ? जानकारी छैन । जतागयोउतै पैसा भन्ने चलन छ । प्रहरीले राजनीतिक दलको सेवा गरेकै छन् । राजनीतिक दलले प्रहरीलाई प्रयोग गरेकै छन् । यसकारण नेपाल प्रहरीमा जतिसुकै भ्रष्टाचार गरेपनि भ्रष्टाचारी मुद्दामा कुनै प्रहरी जेल बस्नुपरेको छैन । यदि कथमकदाचित भ्रष्टाचार मुद्दा परेपनि सफाई पाइहाल्छन् । खाली पत्रिकामा समाचार आउने त होनी भन्दै थिए एक प्रहरी अहिले चुनावको लागि भन्दै खर्चपानी जोहो गर्न लागिपरेको बताइन्छ । सरकारले आफ्नो जिल्लामा प्रहरी भित्र नभएको नियम लगाएर डीएसपी सरुवा गरिसकेका छन् र निर्वाचन आयोगमा आफ्ना मान्छेलाई पठाउन लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *