वैदेसिक रोजगारमा जाने कामदारलाई खोइ त फ्री भिसा, फ्री टिकट ?

समाचार

काठमाडौं । २०७६ सालमा कोरोना कहरका कारण नेपालमा लडकडाउन भएपछि अधिकांश सर्वसाधारण नेपालीहरु विदेश जान बञ्चित भएका थिए । तत्कालीन सरकारले विदेश जानेहरुको हकमा फिरी भिसा, फिरी टिकट भनी अवधारणा ल्याए तापनि त्यो भने कार्यान्वयन भएको छैन । अधिकांश नेपालीहरु अहिले विदेश जान लागिपरेका छन् । अहिले पनि विदेश जानको लागि फिरी भिसा, फिरी टिकट भनिन्छ तर, अधिकांश मेनपावर कम्पनीहरुले विदेसिने परनेपालीसँग खाडी मुलुकको लागि १ लाखदेखि २ लाखसम्म असुल्दै आएका छन् । कोरोना कालपछि अधिकांश नेपालीहरु विदेसिने क्रम जारी छ । कतिपय नेपालीहरुलाई फिरी भिसा, फिरी टिकट भनेजस्तै भिजिट भिसामासमेत विदेश पठाउने गिरोह सक्रिय छ । अहिले गठबन्धन सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शेरबहादुर कुँवर रहेका छन् । अधिकांश मेनपावर कम्पनीहरुले विभिन्न खाडी मुलुकहरुमा नेपाली कामदार पठाउनका लागि नक्कली डिमान्ड लेटर खडा गरी कतार, मलेसिया, दुबई, साउदी, बहराइन जस्ता देशहरुमा पठाउने गरेका छन् । अहिले चाडवाड लागेको छ । अधिकांश नेपालीहरु विदेसिने क्रम जारी छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर भने चुनावी खर्च जुटाउन मेनपावर कम्पनीले जे जस्तो डिमान्ड लेटरमा मान्छे पठाएपनि मुकदर्शक बनेर बसिरहेका छन् । अधिकांश मेनपावर कम्पनी र श्रम तथा रोजगार विभागका कर्मचारी, ताहचल शाखाका कर्मचारी, अध्यागमनका कर्मचारी, श्रम डेक्सका कर्मचारी, इमिग्रेसनका कर्मचारीहरुको मिलीभगतमा नेपालीहरुलाई ठग्दै आएको समाचार स्रोतले दावी गरेको छ । उता इमिग्रेसनका कर्मचारीहरुले प्रतिहप्ता परव्यक्ति सात लाखको आम्दानी गरेको समेत खुल्न आएको छ । यससम्बन्धमा तामाकोशी सन्देशले सम्पर्क गर्न खोज्दा कुनै कर्मचारी सम्पर्कमा आउन चाहेनन् । र, अधिकांश मेनपावरका विचौलिया, अध्यागमनका कर्मचारी, श्रम डेक्सका कर्मचारी, विभाग र ताहचल शाखाका कर्मचारीको मेलेमतोमा फिरी भिसा, फिरी टिकटको नाममा नेपालीहरुलाई विदेश पठाउँदै आएका छन् । यस सम्बन्धी कतिपय नेपालीहरु पीडित बनेका छन् भने कतिपय कर्मचारीहरुले फाइदा लिइरहेका छन् । अधिकांश मेनपावर कम्पनीहरुले विभिन्न देशमा डिमान्ड लेटर बनाउँदै नक्कली छाप, नक्कली डिमान्ड लेटर, नक्कली भिसा प्रयोग गरी ठग्दै आएको पीडितले गुनासो गरेका छन् । तर, सरकार र सम्बन्धित निकायका मन्त्रीहरुले यसमा ध्यान दिएका छैनन् । कतिपय मेनपावर कम्पनीहरुले मन्त्रीलाई समेत गुमनाम बनाएर गठी गरिराखेका छन् । उता अधिकांश मन्त्रालयका कर्मचारीहरुले सेटिङ मिलाएर मेनपावरसँग सहकार्य गरी ठगीका धन्दाहरु गुपचुप राख्ने गरेका छन् । यसरी गठिएको उजुरी लिएर वैदेशिक विभागमा जाँदा उजुरी शाखाका कानुनी अधिकृत उजुरीको दिवेदनलाई वेवास्ता गर्दै कहाँबाट हुन्छ पैसा कमाउने खेलोमेलोमा लाग्ने गरेका छन् । कतिपय ठगीका उजुृरीकर्ताहरुले ठगीको आरोप र विदेशमा अलपत्र पारिएका व्यक्तिको खोजीमा सम्बन्धित व्यक्तिले उजुरी दिँदासमेत वैदेसिक रोजगारका कर्मचारीले झारा टार्ने र उजुरीकर्ताहरुबाट पन्छिने काम गर्दै आएका छन् । उजुरी शाखामा बस्ने कर्मचारीहरुले कतिपय मेनपावर सञ्चालकलाई फोन गरी तपार्इंको नाममा उजुरी परेको छ । वास्तविक कुरा के हो ? यथासिघ्र सम्पर्कमा आएर समस्याको समाधान गर्नुहोला भनी तागेता गर्दछन् । तर, मेनपावर कम्पनीका सञ्चालक पनि के कम त्यस्तो त केही होइन । हामीले सबै प्रक्रिया पु¥याएर विदेशी पार्टीसँग समन्वय गरी रोजगारीको ग्यारेन्टी गरी पठाएका हौं । तर, कतिपय कामदारहरु आफूखुसी भाग्ने र भनेको ठाउँमा काम नगर्ने भएकाले खुःख पाएपछि मेनपावर सञ्चालकलाई पोल्ने र उजुरी गर्ने चलन छ । यसमा हामीले जानीनजानी गरेको कामकारबाहीको क्षतिपूर्ति दिन पनि तयार छौं । तर, जति विदेश जाँदा खर्च भएको छ त्यो परिपूर्ति हामीले गर्न सक्दैनौं भन्ने जवाफ मेनपावर सञ्चालकबाट पीडितले पाउने गर्दछन् । र, अधिकांश पीडितले क्षतिपूर्ति पाइहालेपनि कम पाउने र कर्मचारी र मेनपावरको मिलेमतोमा पीडितलाई क्षतिपूर्ति कम दिनचलन वैदेशिक रोजगार विभागभित्र चल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *