यातायातको ठगी धन्दा कहिलेसम्म ?

समाचार

काठमाडौं । सरकारले नजिकिँदै गरेको वडा दशैंलाई लक्षित गरी गत असोज १ गतेबाट लागु हुनेगरी सार्वजनिक यातायातको टिकट खुल्ला गरेको छ । सरकारले टिकट खुल्ला गरे तापनि यातायात व्यवसायीले मनपरी रुपमा भाडा असुल्न थालेका छन् । योसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने क्रममा अधिकांश मानिसहरुले गाडी रिजर्भ गर्न पनि थालेका छन् । सरकार भने यो विषयमा मुकदर्शक जस्तै बनेको छ । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई भने कष्टकर हुँदै गएको छ । किन कि यातायात व्यावसायी, विचौलिया, चालक र सहचालक मिलेर अधिकांश गाडीको सिट क्षेमताभन्दा बढी यात्रु राखेर गुडाउने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने यातायात व्यवस्था विभागले अनुगमन गर्नुपर्ने हो कि ट्राफिक प्रहरीले गर्ने हो सवारी यात्रुलाई कुनै जानकारी छैन । कतिपय यातायात व्यावसायीले सिट क्षेमताभन्दा बढी यात्रु राखेर सवारी साधान गुडाइराखेका छन् । अधिकांश सडकहरु वर्षातको पानीले क्षतविक्षत बनाउँदा पनि भौतिक पूर्वाधार तथा सडक कार्यालय र स्थानीय सरकार मुकदर्शक बनेको छ । कपितय स्थानीय सरकारले गर्नुपर्ने कामहरु गर्न सकेको छैन । यसैकारणले अधिकांश सडकहरु खाल्डाखुल्डी अवस्थामा गुज्रिएको र सवारी चालकहरुले मनपरी भाडा असुलेर मौकाको फाइदा उठाइरहेका छन् । कतिपय सवारी सधानहरु दूर्घटनामा पर्ने गरेका छन् । यातायात व्यवस्था विभाग र यातायात कार्यालयले यसको अनुगमन गर्नेपर्नेमा उल्टै यातायत व्यवासयी र यातायात कार्यालयका कर्मचारी, विभागका कर्मचारी र बिचौलिया मिलेर यात्रुहरुलाई नै ठग्ने काम गरिरहेका छन् । अधिकांश यातायात व्यावसायीले चाडबाडको मुख पारेर सार्वजनिक यातायात चलाउनुभन्दा पनि रिजर्भ गरेर सवारी सधान चलाउन दिने गरेका छन् । रिजर्भ गर्दा पनि अधिकांश यात्रुले १ हजारदेखि १२ सयसम्म प्रतिव्यक्ति गाडी भाडा पर्न जाने देखिन्छ । तर, यो त आपूmखुसी रिजर्भ गरेर जानेहरुको लागि हो । यस्ता गाडीहरु दूर्घटना भए या क्षति भएको खण्डमा यात्रुहरुको जिम्मेवारी कसले लिने ? अधिकांश यातायात व्यावसायीले चाडबाडको मौका छोपी परगाडी ४० देखि ५० हजारसम्म रिजर्भमा चलाउने गरेका छन् । रिजर्भ गर्नेले पनि बीचमा कमिसन खाने, गाडी पाइँदैन, सिट पाइँदैन भन्दै विचौलिया बनेर अधिकांश सोझासिदा नेपालीलाई ठग्दै आएका छन् । यातायात व्यावसायी पनि के कम । किन कि यातायात व्यावसायीले क्यूमा गाडी चलाउन्दा नाफा नहुने, कमिसन नपाइने, तेलपनि आफैले हाल्नुपर्ने दिन बिराएर पालो कुर्नुपर्ने हुन्छ । त्यसकारण अधिकांश यातायात व्यावसायीले रिजर्भमा गाडी पठाएर गाडीको अभाव देखाउने र क्यू सिस्टमबाट गाडी नचलाउने होडवाजीमा यातायात व्यावसायीहरु लागिपरेका छन् । अहिले काठमाडौं उपत्यकाभित्र चाडवाडको लागि सामान किनमेलको गर्नेहरुको भिड नै लाग्ने गरेको छ । अधिकांश माइक्रो चालकदेखि बस चालकले चर्को भाड असुल्ने गरेका छन् । सिट क्षमताभन्दा बढी यात्रु राखेर कुदाउने गरेका छन् । यात्रु ओराल्ने बेलामा जक्सनमा पु¥याउँछन् । यात्रु बसमा चढाउने बेलामा चाहीं जहा पायो त्यही रोकेर के वृद्ध, वृद्धा, के तरुणा, तरुनी जसले सक्छ ठेलठेला गरी गाडीमा कोच्ने काम गरिन्छ । तर, अधिकांश अपाङ्गता भएका, अशक्त, वृद्ध, वृद्धा, महिला तथा जेष्ठ नागरिकलाई भनेर सिट छुट्ट्याइए तापनि कार्यान्वयन भने भएको छैन । कतिपय वृद्ध, वृद्धा, अशक्त र महिलाहरुले सिट पाउँदैनन् । तर, यसको अनुगमन न यातायात व्यवस्था विभागले गर्छ, न त ट्राफिक प्रहरीले नै अनुगमन गरेर कारबाहीको दायरामा ल्याउँछन् । उल्टै यस्ता यात्रुहरुको पाकेट मराउने र गरगहनाहरु लुटाउने, मोबाइल चोराउने कामहरु यातायात व्यवसायीकै मिलेमतो हुनेगरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *