गठबन्धन सरकार चुनावको मुखमा करोडौ खर्च गर्दै राज्यको सम्पत्तिमा नेताहरुको मोजमस्ती

समाचार

काठमाडौं । पाँच दलीय गठबन्धनले सरकार चलाएको पनि १५ महिना नाघिसको छ । संघ र प्रदेश चुनाव पनि यही सरकारले गराउँदै छ । गठबन्धनले १५ महिना सरकार चलाउँदा पनि विकास निर्माणको काममा भने माखो मार्न सकेन । गठबन्धन दलभित्र पनि एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको थियो । त्यसैगरी जसपाले पनि मन्त्रीमण्डल हेरफेर गरी मालदार मन्त्रालय हात पारेर आगामी संघ र प्रदेश निर्वाचनको लागि खर्चपानीको जोहो गर्ने वातावरण बनाउँदै छन् । उता नेपाली कांग्रेस र माओवादीले मन्त्रिमण्डल फेरबदल गरेनन् । अहिले पाँचदलीय गठबन्धन सरकार कायमै रहे तापनि अधिकांश विकास निर्माणका कामहरु भने अलपत्र परेका छन् । कतिपय विकास बजेट निकासा नहुँदा कतिपय विकासका आयोजनाहरु अलपत्र परेका हुन् । यस्तै अधिकांश मन्त्रालयका मन्त्रीहरुले मूख्यसचिव र सचिवहरुलाई कामको मूल्यांकन र आयोजनाहरुको प्रगति विवरण खोज्न सकेका छैनन् । अधिकांश मन्त्रालयका मन्त्रीहरु विकास निर्माणका काम छाडेर चुनावी अभियानमा जुटेका छन् । उता कर्मचारी भने तैँचुप मैचुप गरी अधिकांश मन्त्रालयका मन्त्रीहरुलाई कामको प्रगति विवरण बुझाउनुपर्नेमा सो प्रगति विवरण नबुझाई विदेश भ्रमणदेखि गोष्टी, सेमिनार र चाडबाडको बहाना पारेर घुमफिरमा रमाएका छन् । अहिले अधिकांश राजनीतिक दलका नेताहरुले नियम कानून विपरित आ–आफ्नो चुनावी क्षेत्रलाई मध्यनजर गरी करोडौंको बजेट निकासा गरी आपूm चुनाव जित्ने अभिलाशा बोकेर आफ्नो चुनावी क्षेत्र र जिल्लालाई कनिका छरेजसरी बजेट छर्ने काम गरिराखेका छन् । यसरी बजेट छर्नेमा सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक, अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, कांग्रेस नेता पूर्णबहादुर खड्का, खानेपानी मन्त्री उमाकान्त चौधरी, शहरी विकास मन्त्री मेटमणि चौधरी, नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडलगायतका मन्त्री तथा राजनीतिक पार्टीका नेताहरुले आगामी मंसिर ४ को चुनावलाई लक्षित गरेर करोडौं बजेट आफ्नो चुनावी क्षेत्रमा लगानी गरेका छन् । यसले के देखाउँछ भने अर्थमन्त्री, प्रधानमन्त्री, सभामुख जस्ता पहुँवाला नेता भएका जिल्लामा बजेट चुनाव लक्षित गरी दिइन्छ भने अन्य संघ र प्रदेशमा पहुँचवाला नेता नहुने जिल्लाहरुमा विकास निर्माणको काम भने ठप्प भएको छ ।
पाँचदलीय गठबन्धनभित्र पनि पहुँच र शक्तिको आडमा अधिकांश मन्त्रालयका मन्त्रीहरुले जथाभावी ऐन, नियमबिपरीत बजेट छर्ने काम गरेका छन् । विकास बजेटको आडमा कसरी हुन्छ आपूmले चुनाव जित्ने प्रपञ्च रचिरहेका छन् । यसरी गठबन्धनले १५ महिनाभन्दा बढी सरकार चलाउँदा पनि जनतालाई ठोस निर्णय भौतिक प्रगति देखाउन सकेका छैनन् । १५ महिना सरकार चलाउँदा पनि विभाजित रहेरै मन्त्रीहरुले कार्यकाल गुजारिराखेका छन् । अहिलेको सरकार भनेको चुनावी सरकार हो । यो सरकार भनेको काम चलाउ मात्रैको सरकार मात्रको हो । तर, अधिकांश मन्त्रीहरुले गृह जिल्लामा यसरी ऐन, नियम विपरित बजेट दिनुभनेको जनताको आँखामा छारो हालेर चुनाव जित्न खोज्ने रणनीति रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *