स्वतन्त्र उम्मेदवारले हल्लादिए ठूला दल

प्रमुख राजनीति समाचार

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको लगभग सम्पूर्ण परिणाम आइसकेको छ । निर्वाचन परिणामबाट नेपाली कांग्रेसले नेकपा एमालेलाई लगभग १२५ बढीभन्दा बढी स्थानले पछाडि पारेर पहिलो स्थानमा आएको छ ।

त्यसैगरी केकपा माओवादी केन्द्रले २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनको आधारमा बनेको तेस्रो हैसियतलाई यो निर्वाचनमा पनि कायमै राख्न सफल भएको छ । तर, राजनीतिक बजारदेखि आमजनतामा भने बालेन्द्र साहले काठमाडौं महानगर, धनगढी, जनकपुर र धरान उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको विजयले चार्चा पाइराखेको छ ।

काठमाडौं महानगरको मेयरमा पेशाले इन्जिनियर रहेका र गायन क्षेत्रपनि युवा पुस्तामा परिचय बनाएका बालेन्द्र साहले स्वतन्त्र हैसियबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपाका उम्मेदवार केशव स्थापितलाई लगभग २४ हजार मतान्तरले पछाडि पार्दै काठमाडौं महानगरको मेयरमा जित हासिल गरेका छन् । त्यसैगरी सुदूरपश्चिमको एक मात्र उपमहानगर पालिका धनगढीमा कांग्रेस उम्मेदवार रहेका नृप वडलगायत अन्य उम्मेदवारहरुलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले विजय हात पारेका छन् ।

नेपालको धार्मिक नगरी भनेर चिनिएको जनकपुरमा पनि जनता समाजवादीका उम्मेदवार लालकिशोर साहलाई पछाडि पार्दै नेपाली कांग्रेसाबाट विद्रोह गरेर मेयरमा स्वतन्त्र उम्मदेवारी दिएका मनोजकुमार साहले विजय हात पारेका छन् ।
यसैगरी पूर्व नेपालको चर्चिात नगरी धरान उपमहानगरमा पनि गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई तीनचित खुवाउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हर्क साङपाङ मेयरमा विजयी भएका छन् ।

यी तीन उपमहानगर नगरपालिकासँगै काठमाडौं महानगरको निर्वाचन परिणामले राजनीतिक दलको गतिविधिप्रति जनता असन्तुष्ट रहेको स्पष्ट रुपले सन्देश प्राप्त भएको छ । भने, उक्त निर्वाचन परिणामले राजनीतिक दल र तिनका नेतालाई सुध्रन चेतावनी समेत दिएको छ । यहीं कारणले गर्दा नै काठमाडौं महानगरको निर्वाचन परिणाममार्पmत आएको यो सन्देशले मुलुकको राजनीतिमा नै हल्लीखल्ली उत्मन्न गरेको छ ।

केही राजनीतिक नेताहरु प्राप्त निर्वाचन परिणामले आपूmहरुलाई सचेत गराएको भएपनि दलको विल्प नभएको भन्दै ‘मुत’को न्यानोमा रमाउने गरेका छन् । केही वर्षयता राजनीतिक दलहरु असफल भएको टिप्पणी भइरहँदा आएको यो निर्वाचन परिणामले राजनीतिक दलमा खतराको घन्टी बजाएको छ ।

स्मरणरहोस् सुदूरपश्चिमको धनगढी, मध्ये क्षेत्रको जनकपुर र केन्द्रीय राजनीधानीकाठमाडौंले व्यक्त गरेको अभिमतले सम्पूर्ण नेपाल नै अहिले राजनीतिक दलहरुको गतिविधिप्रति असन्तुष्ट छन् भन्ने देखाएको छ । यो आधारमा सम्पन्न निर्वाचनमा कांग्रेस र माओवादीले राम्रो सफलता प्राप्त गरेको भनेर सुखी मनाउने अवस्था नरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *