तारा एयरको विमान दुर्घटना प्रकरणको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

समाचार

काठमाडौं । आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन भएको छ । आतबार बिहान ९ बजेर ५५ मिनेटको समयमा पोखराबाट जोमसोमका लागि उडेको बिमान दुर्घटनाका विषयमा छानबिन गर्न आयोग बनेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको आयोगमा वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहेका छन् ।

आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।

आयोगलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *