शेखर र गगनले किन गरे घात

समाचार

काठमाडौं । नेपाली कांग्रेस पार्टी केन्द्रीय महाधिवेशनले समेत सत्ता गठबन्धन गरेको माहोल स्वीकार गर्दा अहिले कांग्रेसलाई गठबन्धन जरुरी छैन । कांग्रेस पार्टीले एक्लै चुनाव लड्दा जित्छ भन्ने डा.शखेर कोइराला, धनराज गुरुङ र गगन थापा निर्वाचनको परिणामपछि मौन छन् । पार्टीलाई जिताउने अभियान चलाएनन् । तर आफ्नै वडा र नगरको सुरक्षा गर्न नसकेका गगन थापाले कार्यकर्ताले खबरदारी गर्ने ठाउँ त्यही बेला पाए जुनबेला गगन थापाले गठबन्धन गर्नै पर्दैन भनेका थिए । डा.शेखर र गगनले ५ दलीय गठबन्धनको कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् । कार्यकर्ताले गगन र शेखरलाई चिने पनि नचिने गरी बसेका थिए ।
अहिले पार्टी सभापति शेरबहादुर देउवाले मोरङमा नागेश कोइरालाई टिकट दिनु नौलो थिएन । २०७४ सालमा कृष्ण सिटौलाको प्यानलबाट भीम पराजुली विराटनगरको मेयर भए । यसपटक पनि दोहो¥याउन चाहन्थे । तर पार्टी नेतृत्वले आन्तरिक रुपमा भाग लगाउँदा यसपटक विराटनगरमा कोइराला परिवारको भागमा पु¥यो । डा.शेखर र गगनले भरतपुरमा जगन्नाथ पौडेललाई बागीबाट हटाउन सकेनन् । जगन्नाथ पौडेल मेयरमा बागी बनेर राम्रै मत ल्याए । कांग्रेसभित्र कार्यकर्ता भड्काउने र जनताले खोजेको निर्णय गर्न नदिने डा.शेखर कोइराला परिचित हुँदैछन् । महामन्त्री गगन थापा र विश्व प्रकाशले गुटबनदीमा डा.शेखर र प्रकाशमानको टिमबाट चुनाव जितेका हुन् । जहाँबाट चुनाव जितेपनि संस्थागत रुपमा महामन्त्री भनेको नीति निर्माण, संगठन विस्तार, राजनीतिक सम्बन्धको कुरामा महामन्त्रीहरु सभापतिको सहयोगी हुनुपर्छ । देशको वास्तविकता, समयको माग र परिस्थितिअनुसार कम्युनिष्टको नाममा कांग्रेस एक हुन नसक्ला । तर व्यवस्थामाथि खतरा आईपर्दा संघीयता, गणतन्त्र संसदीय सर्वाेच्चता माथि एमालेको सरकारले गरेको क्रियाकलाप कांग्रेसको अगुवाईमा विघठित संसद पुनस्र्थापना भएको बुझिन्छ । तैपनि डा.शेखरले आफुले आफ्नै भाइ बहिनी मिलाएर आफैसँग राख्न नसक्दा लज्जित भएका छन् ।
डा.शेखर र गगनको बारेमा कांग्रेसभित्र मात्र होइन, गठबन्धन भित्र समेत गम्भीर हुनैपर्छ । किनकि उनीहरुले गठबन्धनको उम्मेद्वारको बारेमा गम्भीर भएर लागेन भन्ने भनाई विपक्षको छ । कांग्रेसले मुलुक संकटमा पर्दा साथ दिएको कम्युनिष्टहरुले आन्दोलन गर्ने व्यवस्था मिलाएका थिए । केपी ओलीको ४१ महिने सरकारले केही काम पनि गरेको छैन भन्ने भनाई सबै जिल्ला प्रदेशमा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *