एकीकृत समाजवादीमा झलनाथ रुष्ट

समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको अधिनायकवादले जन्माएको पार्टी एकीकृत समाजवादीको अध्यक्ष माधव नेपालले पार्टीको आन्तरिक जीवन बुझेर चुनावी गठबन्धनको समीक्षा मकवानपुर पुगेर गरेका छन् । तर काठमाडौंमा उपमेयर भएर इज्जतिलो मत पाउँदासमेत वरिष्ठ नेता झलनाथ खनाललाई चित्त बुझेको छैन । प्रदेश संसदमा ठूलो दलको रुपमा एकीकृत समाजवादी सुदूरपश्चिम र मेधश प्रदेशमा सरकारको नेतृत्व पाएको र बाग्मती प्रदेशमा किन जनमत पाएन समीक्ष्इाा गर्न झलनाथ खनाललाई बाध्यता छ ।
पार्टीको अस्तित्व माओवादीको कारण बचाएर पनि नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको स्थानीय तह कमजोर छैन । पोखरा महानगर र हेटौडा उपमहानगरमा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको अवस्था छ । स्थानअनुसार एमालेभन्दा विचार, सिद्धाँन्त, नीति र कार्यक्रममा फरक नभएको अवस्था छ । एक चरण केपी ओलीको घमण्ड तोड्नको लागि मात्र एकीकृत समाजवादी प्रयोग होला भन्ने थियो । तर एकीकृत समाजवादीको प्रभावले एमालेको घमण्ड सोचेजस्तो भएन । जुन अवस्था रुपन्देहीमा पनि देखियो । पहाडी इलाका पाल्पा, गुल्मी, अर्घाखाँचीमा पनि एसको प्रभाव देखिएको छैन । प्यूठान, रुकुम, रोल्पा, बाग्लुङजस्ता जिल्लामा एमालेको अवस्था कमजोरी नै थियो ।
सत्ता गठबन्धन बलियो र विश्वासिलो बनाउने काममा नेताहरु लागेनन् । सबैलाई राजनीतिक अन्र्तपाटी झगडा मिलाउन नै संकट भयो । आकांक्षा सबैमा थियो । सबैले गरेको अपेक्षा पुरा गर्ने आवश्यक ठूलो ठाउँ चाहिन्छ । तर संविधानले तोकेको दायराप्रति दलहरु सचेत हुनैपथ्र्यो । यो चुनावी परीक्षण हो । कांग्रेस र कम्युनिष्ट एक अर्कामा प्रतिस्पर्धी भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *