सशस्त्रको खेलमा सिपी चुपचाप

समाचार

काठमाडौं । सशस्त्र प्रहरीमा काग बाठो भयो भने के खान्छ, मान्छे बढी भयो भने भीर खोज्छ भन्ने भनाई चरितार्थ भएको छ । एआईजीको दरबन्दी खाली हुँदा पनि गृह मन्त्रालयले एक दरबन्दीमा ५ पदपूर्ति ग¥यो । नारायण दत्त पौडेल एआइृजी भए । उनै पौडेलको खेदो खनेर शक्ति केन्द्र धाएका चन्द्रप्रकाश गौतम र वंशी दाहाल हेरेको हे¥यै भएका छन् । सेनाबाट आउको भनेर योग्यता भजाएर एमाले अधयक्ष केपी ओलीदेखि ईश्वर पोखरेलसम्मलाई चाकडी गर्ने गौतमको हैसियत मधेस प्रदेशको कमाण्ड गर्दा भ्रष्टाचार गर्ने र तस्करसित मिलेवापत केन्द्रले कारबाही स्वरुप सचेत गराउने काम गरेको थियो । उनी पछिका डीआईजी गणेश ठाडामगरले चमत्कार गरे । पुरस्कार लगेपछि यिनै गौतमले ठाडामगर विरुद्ध जेहाद छेडेकै थिए ।
बलम्बुमा बस्दा सुरा सुन्दरी काण्डमा लागेर पनि जागिर जोगाएका वंशी दाहालले प्रदेश १ मा रजाइँ गरेर फर्केर हलचोकबाटै कांग्रेसी नेता पट्याएका थिए । तर सिपीभन्दा कनिष्ठ भएकाले उग्र भएनन् । सिपीले त आईजीपी राजु अर्यालको समेत कुरा लगाउने काम गरेको समाचार सुत्रले बताउँछ । अर्याल प्रदेश २ मा बस्दा गौतम सानो गौचरण र बलम्बुमा रासन घोटाला गर्न सक्रिय थिए । यसपटक सशस्त्रले प्रहरी भन्दा पनि गुहकै बढुवा समितले गौतमलाई बाइपास गरिदिएको छ । गृह प्रवक्ता फणिन्द्रमणिसँग गौतमको राम्रै थियो । प्रवक्ताको खातेपितेले प्रचार पाएकै कारण गृहमन्त्री बालकृष्ण खाँडले गौतमलाई बढुवा गर्न नचाहेको बताइन्छ । गौतमले नारायणदत्त पौडेल र राजु अर्याल हरेक पटक बढुवा आफ्नो पक्षमा गलत रिपोर्ट गृहमा पु¥याएको कारण देखाएर अहिले उनको पक्षमा बढुवा समिति छैन । किशोर प्रधान पनि एआईजीको बढवाको लाइनमा छन् । तर तनहुँको नेता शंकर भण्डारीलाई प्रयोग गरे पनि बाबु बन्दीपुर गाउँपालिकाको प्रमुखमा पराजित भएपछि चुपचाप बसेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *