एमालेमा बिचौलिया बेपत्ता

समाचार

काठमाडौं । नेकपा एमालेका नेता केपी ओलीलाई फुरुक्क पारेर सत्ताको स्वाद लिएका कार्यकर्ता वैशाख ३ को चुनावी परिणामले वेपत्ता हुन थालेका छन् । केपी ओली फुटबलको पेलेजस्तै हो भन्दै शिक्षामन्त्री बन्दा त्रिुभवन विश्व विद्यालयको दीक्षान्त समारोहमा बोलेका कृष्ण गोपाल श्रेष्ठलाई अहिले सार्वजनिक स्थलमा भेटिँदैन । त्यही त्रिविको खरिदार पदको जागिर खाएका कृष्ण गोपाल शिक्षामन्त्री हुन्छु र देशको शिक्षित वर्गको थलो त्रिभुवन विश्वविद्यालय बनाउँछु र खेल्छु भन्ने कल्पना पनि थिएन ।
वामपन्थी गठबन्धन नभएको भए कृष्ण गोपाल काठमाडांै ९, ईश्वर पोखरेल काठमाडौं ५, अष्टलक्ष्मी शाक्य काठमाडौं ८ बाट चुनाव जित्ने अवस्था थिएन । नेताको देवत्वकरण यिनीहरुले गर्दै आए । काभ्रेका गोकुल बास्कोटा, रुपन्देहीका विष्णु पौडेल, गुल्मीका प्रदीप ज्ञवाली, कास्कीका खगराज अधिकारीजस्ता केपी ओली प्यानललाई अब सांसद बन्न सजिलो छैन । कृष्ण गोपालजस्ता नेताले कुनै माइकालालले हल्लाउन सक्दैन भनेको ५ महिनामै प्रधानमन्त्री केपी ओलीको मात्र होइन, शंखर पोखरेल, शेरधन राई, पृथ्वी सुब्बा गुरुङ, डोरमणि पौडेलको सत्ता गुमेको थियो । पार्टीमा नयाँ नेता बनेका केपीलाई भित्र राख्ने कानूनका पारखी सुवास नेम्वाङ, अग्नि खरेलको दिन पनि अब जाँदैछ भन्दैछन् कार्यकर्ताहरु । आगामी संसदको चुनावमा ओलीका बिचौलिया मात्र होइन, झापाबाट केपी ओलीलाई पराजित बनाउन सके स्थानीय चुनावले दिएको झापडबाट संसदीय चुनावमा चलाउने आँट ओलीलाई हुने छैन भन्दैछन् एमाले कार्यकर्ता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *