काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीन घण्टा संसदमा बोल्दा धेरैलाइृ चित्त बुझेन । जसले टेबल ठटाए, ती तामेली गर्ने बफादार सिपाही थिए । विपक्षीको नेता आउँदा सरकारको नेता हुन्छ । सरकाारको नीति तथा कार्यक्रमहरुमा विपक्षीको भत्र्सनाले ठूलो महत्व राख्छ । तर एमाले अध्यक्ष केपी ओलीले ठट्यौली पारामा मजाक गरे । संसदीय सर्वाेच्चता, विधिको शासन रुचाउनेले त्यस्तो गर्दैन ।
चुनावमा एमाले दोस्रो दल भयो । गठबन्धन प्रतिस्पर्धामा गठबन्धनका ५ टुक्रा थिए जो सरकारमा छन् । जित्नको लागि जस्तो सुकै फ्याक्टर बोकेर हुँदैन भन्ने चेतना अरुलाई आएर हुुदैन । एमालेभित्र केपी ओली र अरुलाई पनि चेत आउनुपर्छ । ल्याउन त ओलीले माओवादीबाट थुपैै ल्याएको बताउँथे । नेता भए धरातल बिनाका बादल । तर चुनावमा बादलरुपी कुँडाकर्कटले सिन्को भाँचेनन् । नीति निर्माणको बारेमा केपी ओलीको हौवा फिजाए । आफै मालिक र बादशाह बनेको जनताले पचाएन । कार्यकर्ता माथि नै भेद्भाव गरेका ओलीको वास्तविकताको कारणले एमाले अझै सकिन्छ । संघीय चुनावसम्ममा बालुवामा रोपेको मुला र केजी फर्केनन भने स्थिति झन् दयनीय हुने देखिन्छ । माओवादी, नेकपा एकीकृत समाजवादीले मात्र होइन, जनता समाजवादीले समेत नेकपा एमालेको दादागिरीपनलाई साइजमा ल्याउने बताएको छ ।
एमालेले आफु बाहेक अरुलाई राम्रो भन्दैनथ्यो । धरहराको टुप्पोबाट अरुलाई हेर्नुपर्ने भो भन्ने स्व.मदन भण्डारी पनि नीतिगत रुपमा सक्षम कति थिए मान्छेले पत्ता पाएन । तर संगत गर्ने माधव, वामदेव, झलनाले समेत ओलीको टर्चर सहन सकेनन् । एमालेको फुट केपी ओलीको चिनारी भयो । केपी ओलीले कुनै पनि नेतालाई बाँकी राखेनन् । जबकी संघीयता र गणतन्त्रविरुद्ध लागेका कमल थापा, क्रिश्चियन ठेकेदार एकनाथ ढकाल, सिके राउत, महन्थ ठाकुरलाई सहयोग गरे । एमालेको जनमत भएको ठाउँमा कांग्रेस र माओवादी निर्वाचित भएका छन् । एमालेको लागि यो सहज ठानिँदैन ।
एमालेको हार ओलीको घमण्ड
स्थानीय निर्वाचनमा दोस्रो बनेको नेकपा एमाले आन्तरिक अन्तर्घात र टिकट भएको लापरवाहीको कारण जनमत नघटे पनि पार्टी दोस्रो भएको स्वीकार्न बाध्य भएको छ । कार्यकर्ताको भावना जनताको चाहनाभन्दा नेताको विस्वाशिलो भए वापत टिकट पाएकाहरुले निर्वाचनमा सफल हुन नसकेपछि बल्ल नेतृत्वले गल्ती स्वीकार गरेको छ । आफैंले मति बिगारेर सर्वाेच्चका न्यायाधीशहरु जिल्ला प्रमुख निर्वाचन अधिकृत भएपनि तीनको कामप्रति एमालेले शंका उठाएको छ ।
एमालेले ठूला महानगरमा मेयर जित्न सकेन । तर ललितपुर, पोखरा, विराटनगरमा उपमेयर पाएको छ । काठमाडौं महानगरमा भने सुनिता डंगोल एमालेकी कार्यकर्ता भन्दा मिस नेवा र कार्यक्रम सञ्चालिकाको रुपमा परिचित भएकाले टिकट एमालेले पाए पनि जनताले युवा अनुहारलाई चुनेकोमा एमालेले गर्व गर्ने ठाउँ भएको छ । एमालेले टिकट वितरण गर्दा जनतासँग भिजेको भन्दा केशव स्थापितजस्ता पुरानै फण्डा मच्चाउने छनौट गर्नु गल्ती गरेको आरोप छ । तर अध्यक्ष ओलीले बोले जति एमालेमा आरुले बोल्नै पाउँदैनन् । पार्टी नीति सिद्धान्त भनेकै केपी ओली नै हुन् । केपी ओली, शंकर पोखरेल, ईश्वर पोखरेलको बिचमा समेत बहस भएन । टिकट ओलीकै स्वार्थमा निर्भर भयो । कथाकथित राष्ट्रपतिले समेत चासो राखिन भन्ने सन्देश बाहिरिनासाथ कार्यकर्ता निस्क्रिय भए ।
पोखरामा खगराज अधिकारीले कृष्ण थापालाई हराए । काठमाडौंमा रामवीर मानन्धर र विद्या सुन्दर शाक्यले केशवलाई सहयोग गरेनन् भन्ने भनाई छ । मानन्धरले भन्थे एमाले काठमाडौंमा क्लिन स्वीप हुन्छ भन्ने थियो । नभन्दै एमालेलाई हराउन विभाजित टिमका माधव, झलनाथको पार्टी नेकपा एकीकृत समाजवादी नै काफी भयो । सत्ता गठबन्धनको एकता छँदै थियो । तर पनि ओलीको छाडापनले एमालेको अधोगति लगाउन इटा थप्ने काम ग¥यो । अहिले गल्ती स्वीकार्दा अन्तर्घात र टिकट वितरणमा कमजोरी भनिँदैन ।