बारम्बार सत्तामा जाने, विकासको भिजन ल्याउन नसक्ने पार्टीहरु

समाचार

सबिन बस्नेत
काठमाडौं । विगत लामो समयदेखि नेपालमा राजनीतिक दलले शासन सत्ता सञ्चालन गर्दै आएका छन् । राजनीतिक दलले विकासभन्दा विनाश धेरै गरेका छन् । सबैभन्दा लामो समयसम्म सत्ताको बागडोर कांग्रेसले सम्हालेको छ । तर विकास गर्न सकेन । नेपाली कांग्रेसले २००७ साल, २०१७ साल, २०३६ साल, २०४६ साल, २०७८ सालसम्म सत्ता चलाइरह्यो । अहिले पनि सत्तामै छ । नेपाली कांगे्रसले सत्ता चलाएपनि मुलुकको विकासको लागि भने केही गर्न सकेन । नेपाली कांग्रेसका स्व.नेता कृष्णप्रसाद भट्टराईले एउटा भिजन ल्याएका थिए । काठमाडौं बासीलाई मेलम्चीको पानी खुवाउने एउटा भिजन ल्याएका थिए । नेपाली कांग्रेसका नेताले योभन्दा अन्य भिजन ल्याउन सकेनन् र ल्याएपनि लागू गरेका छैनन् । कांग्रेस पार्टी बारम्बार सत्तामा गएको छ तर विकासको मोडेल र खाका ल्याउन सकेन । नेपाली कांग्ेसको सरकारले राम्रो खालको योजना ल्याउन सकेन र भएका उद्योग पनि बन्द ग¥यो । स्व.गिरिजाप्रसाद कोइराला पटक पटक प्रधानमन्त्री पनि बने । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि नेपालमा उद्योगधन्दा फस्टाउन सकेन । भएका उद्योगधन्दाहरु पनि बन्द अवस्थामा पुगे । उदाहरणको लागि जनकपुर चुरोट कारखाना, नेकोन एयर, हरिसिद्धी इटा टायल कारखाना, बाँसबरी छाला जुत्ता कारखाना इत्यादी बन्द भएका थिए । गिरिजा पछि स्व.सुशील कोइराला प्रधानमन्त्री हुँदापनि विकास निर्माण र कल कारखाना खोल्न ध्यान दिएनन् र सुशील कोइरालाको सरकार पनि बेकामेजस्तै बनेको थियो । हालका प्रधानमन्त्री शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री भएका छन् ।
प्रजातन्त्र दरबारमा बुझाएका शेरबहादुर देउवाले नेपालमा प्रधानमन्त्रीत्व चलाएका छन् र देउवाले नेपालमा उद्योगधन्दा चलाउने र गरिबी निमुखा जनतालाई नेपालमा उद्योगधन्दा खोलेर युवायुवतीलाई स्वदेशमै रोजगारी दिन सकेको छैनन् । प्रधानमन्त्री देउवा पटक पटक प्रधानमन्त्री बने । आगामी मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनपछि फेरी प्रधानमन्त्री बन्ने दौडमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लागिपरेका छन् ।
नेपाली कांग्रेसका केही नेता भारतको सहयोगमा शेरबहादुर देउवालाई परास्त गरी वामपन्थी शक्तिसँग सहकार्य गरी शेरबहादुर देउवालाई हटाउने योजनामा लागेको देखिन्छ । पार्टीभित्र शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह हाबी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल शेरबहादुरको विरोध गर्दा गर्दा थाकेर नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पौडेललाई करोडौं रकम दिएर थामथुम पारेको बताइन्छ । यसरी हेर्दा नेपालमा २००७ सालदेखि राज गर्दै आएको नेपाली कांग्रेसले नेपालमा आमूल परिवर्तन गरेर विकासको भिजन ल्याउने नभई खाली सत्तामा जाने र सरकार चलाउने, नेपालको ढुकुटी सिध्याउने काम गरेको छ ।
उता मुलुकको विकास गर्ने पार्टी नेकपा एमाले हो भन्दै आएका जनताले अहिले ४१ महिने सरकार चलाएको वामपन्थी सरकारका नेता केपी ओलीले कामभन्दा बढी प्रचार गरेर खाली उद्घाटन समारोहमा जाने र नेपाली जनतालाई ढाँट्ने, हाईहाई गर्ने, सिन्को नभाँच्ने काम गरे । उनले राजनीतिक नियुक्ति जथाभावी दिएर नेपालको विकासभन्दा बढी विनाश गरी भ्रष्टाचार चलाएको आरोप लाग्ने गरेको छ । पाँच वर्ष स्थानीय सरकार चलाएको पार्टी एमाले पहिलो स्थानबाट झरेर दोस्रो स्थानमा सीमित बनेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली भन्दैछन् एमालेले हारेको छैन । यसो भन्दै गर्दा एमाले पार्टी भित्र पनि गुटै गुट हावी भएको छ । केपी ओली प्रधानमनत्री भएको बेला नेपाली जनताको घर घरमा ग्याँसको पाइपदेखि पानी जहाज चलाउने भन्दै ठूला ठूला भाषण गरेका थिए । एमाले स्थानीय निकायमा दोस्रो बनेको छ । । प्रतिपक्ष दल एमाले भएको छ । बजारमा मूल्य बढेको छ, व्यापारीले कालोबजारी चलाएका छन् । यस्ता कुरामा एमाले बोलेको छैन । एमालेले स्थानीय चुनाव सम्पन्न भएपछि सरकार ढाल्ने खेल खेल्दैछ र कहिले माओवादी, कहिले तराईबासीलाई उकास्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *