यसपालीको स्थानीय चुनावमा राजनीतिक दल को कति पानीमा ?

समाचार

काठमाडौं । गत वैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएको छ । नेपालका ठुला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओावदी केन्द्र, एकीकृत समाजवादी र लोसपा, स्वतन्त्र र जनमोर्चा पार्टी, स्वतन्त्र गरी चुनावमा निर्वाचित भएका छने् । यसपालीको स्थानीय निर्वाचनमा को कति पानीमा भन्ने देखिएको छ । राजनीतिक पार्टीभित्र कार्यकर्ता चाहिन्छन् । कार्यकर्ताले राजनीतिक पार्टी थेगेका छन् र पार्टीलाई चलायमान बनाएका छन् । कार्यकर्ता बिना पार्टी संगठन ठूलो बन्दैन । पार्टीको जिम्मेवारी कार्यकर्ताले सम्हालेका छन् । कार्यकर्ता बिना संगठन चल्दैन । पार्टी चलाउन संगठन चाहिन्छ । संगठनले पार्टीका नेता ठुला बन्ने गरेका छन् र नेताले कार्यकर्ता परिचालन गरेका छन् । कार्यकर्ता परिचालन गर्दा खेरी आफ्नै नातावाद, कृपावाद लाद्ने गरेका छन् । यसो गरेपछि राजनीतिक पार्टीमा विचलन आउने गरेको छ । राजनीतिक पार्टीले आफ्नो घर परिवारवाद छाडेका छैनन् । राजनीतिक पार्टीमा निष्ठावान कार्यकर्तालाई पछाडि पारेपछि पार्टीभित्र विद्रोह हुन्छ । राजनीतिक पार्टीभित्र कार्यकर्ता बिचमा वितृष्णा बढेर जान्छ । परिवारवाद भएपछि पार्टीभित्र भाँडभैलो बन्ने गरेको छ । राजनीतिक पार्टीले चुनाव हारेका छन् । यस्तै हालत राजनीतिक पार्टीभित्र देखिएको छ । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेस पाटीृका नेता प्रकाशमान सिंहकी धर्मपत्नी सिर्जना सिंहले हार खानु प¥यो भने एमालेका केशव स्थापितले चुनाव हारे ।
यस्तै स्वतन्त्र उम्मेद्वार बालेन साहले धेरै मतान्तरले चुनाव जितेका छन् । यस्तै परिवारवाद हावी भएपछि प्रदेश नम्बर ३ दोलखा जिल्लामा एमालेले हार खानुप¥यो । दोलखामा पार्वत गुरुङ हावी हुँदा दोलखाको भीमेश्वर नगरपालिकादेखि गाउँपालिकाको समेत हार भएको छ । गौरीशंकर गाउँपालिकामाा पार्वत गुरुङका आफन्त जंग गुरुङलाई गाउँपालिकाको अध्यक्ष बनाएपछि हार खानुपरेको छ भने चंखमा नगर वडा अध्यक्ष भुवन गुरुङलाई वडा अध्यक्ष दिएपछि हार खानु परेको छ । मारवुमा आफ्नै सानीमाको छोरालाई वडा अध्यक्ष दिएपछि हार खानुपरेको छ । यस्तै खारेमा व्यापारी उमेश श्रेष्ठलाई टिकट दिएको थियो । त्यसमा पनि हार खानुप¥यो । गौरीशंक गाउँपालिकामा टे«ेकिङ एजेन्सी संचालन गर्ने किशोर गुरुङलाई टिकट दिएको थियो भने आगामी निर्वाचननमा गौरीशंकर गाउँपालिकाको अध्यक्ष आफ्नै भाञ्जा महाराज गुरुङलाई टिकट दिने सहमति गरेका थिए । एमालेका कार्यकर्ता पार्वत गुरुङसित रुष्ट भएपछि एमाले कार्यकर्ताले माओवादी र कांग्रेसलाई भोट दिएका थिए । यस्तै पार्वत गुरुङका आफन्त जंग गुरुङले गौरीशंकर गाउँपालिका भित्र पार्ने विभिन्न हाइडा«े कम्पनीबाट पार्टीको लागि भन्दै हाइड्रोबाट पैसा उठाएर गाडी किनेर चढेका छन् । राजनीतिक पार्टीभित्र परिवारवाद हावी हुँदा राजनीतिक पार्टीप्रति आम नेपाली आमाबुवा दाजुभाई, दिदीबहिनी विरक्तिएका छन् । सबै राजनीतिक पार्टीभित्र परिवारवाद हावी भएको छ । खासगरी माओवादी केन्द्रदेखि नेपाली कांग्रेस, नेकपा एमाले, समाजवादी, लोसपा भित्र परिवार हावी भएको छ । परिवार हावी भएपछि आम राजनीतिक पार्टीका कार्यकर्ता दुखी भएका छन् र पार्टीमा सबै दलका नेता हावी भएका छन् । खासगरी माओवादी पार्टीदेखि नेपाली कांग्रेस, नेकपा एमालेदखि अधिकांश पार्टीमा नेता भाँडिएका छन् । आगामी दिनमा परिवारवाद विरोधी कार्यकर्ताले पार्टी छाड्ने देखिन्छ । चाहे त्यो नेपाली कांग्रेसमा ठूलो त्याग र तपस्या गरेका कार्यकर्ता हुन् चाहे त्यो एमाले पार्टी माओवादी सबै पार्टिमा कार्यकर्ता बाहिरिनु परेको छ । नेकपा एमालेभित्र वैचारिक हिसाबले एमाले कार्यकर्ता बाहिरिने क्रम छन् । उता समाजवादी पार्टीबाट कार्यकर्ता भाँडिएका छन् । यसरी सबै राजनीतिक पार्टीभित्र कार्यकर्ता भाँडिएका छन् । यसरी कार्यकर्ता भाँडिएपछि राजनीतिक दलका नेताले सोच्नुपर्ने देखिन्छ । किनकि भोलिका दिनमा राजनीतिक पार्टीका अध्यक्ष मात्र भएर हुँदैन । पार्टि चलायमान बनाउनुपर्छ । नेतालाई कार्यकर्ताको आवश्यकता पर्ने देखिन्छ । राजनीतिक दलका नेताले परिवार छाडेर निष्ठावान कार्यकर्ताको खोजी गर्नुपर्छ । यदि आफैं खाउँ आफें लाउँ भन्ने सोच नेपालका राजनीतिक दललाइृ भयो भने नेता को बिल्ली बाठ हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *