स्थानीय निकाय जनताको आशा

समाचार

सावित्री खत्री
काठमाडौं । स्थानीय चुनाव सम्पन्न भएको छ । नेपालका राजनीतिक दलले स्थानीय निर्वाचन सम्पन्न भएपछि स्थानीय विकास गर्ने भनेर विभिन्न राजनिितक पार्टीले घोषणापत्र जारी गरेका छन् । तर राजनीतिक पार्टीका जनप्रतिनिधिले पार्टीको घोषणापत्र जारी गरेपनि स्थानीय निकायको विकासको काम केही पनि हुन सकेको थिएन । यसपाली २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले, माओवादी, जसपा, एकीकृत समाजवादी पार्टी, राप्रपा नेपाल, लोसपाले राजनीतिक पार्टीको घोषणापत्र जारी गरिसकेका छन् । स्थानीय चुनाव सम्पन्न भएको छ । नयाँ जनप्रतिनिधिले पदभार ग्रहण पनि गरिसकेका छन् । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारले ३८५ भन्दा बढी स्थानमा स्वतन्त्र व्यक्तिले निर्वाचन जितेका छन् । स्वतन्त्र तर्फबाट कतिपयले घोषणापत्र जारी गरेका छैनन् भने केही स्वतन्त्र जनप्रतिनिधिले घोषणापत्र जारी गरेका थिए । राजनीतिक पार्टीका जनप्रतिनिधि र स्वतन्त्र जनप्रतिनिधिहरुमध्ये कससले विकासको मोडल ल्याउँछ र विकास गर्छ भन्ने भनाई स्थानीयबासीले भन्ने गरेका छन् । २०७४ सालमा स्थानीय तह जितेका व्यक्रिले स्थानीय नगरदेखि वडा गाउँपालिका, महानगर, नगरपालिका एमालेले कब्जा गरेर झण्डै दुइृ तिहाई जितेको थियो । तर विकास गर्न सकेन । यसपाली स्थानीय तहमा नेपाली कांग्रेस पहिलो भएको छ । नेकपा एमाले दोस्रो भएको छ भने नेकपा माओवादी तेस्रो जित हासिल गरेको छ । २०७४ सालमा कहींकतै स्वतन्त्रले जितेपनि यसपाली ३८५ पालीको प्रमुखमा स्वतन्त्रले जित हार पारेका छन् । १३७ वडा अध्यक्ष जित हासिल गरेका छन् र करिब चौथो स्थान जित हासिल गरेर स्वतन्त्रले जितेको अवस्था छ । यसको हिसाब किताब आगामी ५ वर्षपछि नेपाली जनताले गर्नेछ । स्थानीय सरकारको लागि विभिन्न राजनीतिक दलका जनप्रतिनिधिले गरेको कामको मूल्यांकन र स्वतन्त्र व्यक्तिले गरेको कामको मूल्यांकन नेपाली जनताले गर्नेछ । खासगरी नेपाली जनता राजनीतिक दलका नेता र सांसद मन्त्रीदेखि वाक्क दिक्क भएको पाइन्छ । नेपाली जनताले यसपालीको निर्वाचनमा राजनीतिक पार्टीभन्दा फरक विचारधाराका जनप्रतिनिधिलाई जिताएर पठाएका छन् ।
खासगरी नेपालको राजधानीजस्तो ठूलो सहर काठमाडौं महानगरपालिकादेखि धनगढी चार पालिका र धरान नगरपालिका, जनकपुर नगरपालिकालगायत ठाउँदेखि गाउँपालिकाको अध्यक्ष र वडामा स्वतन्त्रले जित हासिल गरेका छन् । यसले के देखाउँछ भने नेपालका राजनीतिक दलभित्र वितृष्णा भएको देखाएको छ । आगामी दिनमा स्थानीय जनप्रतिनिधिले कस्तो खालको विकासको ढाँचा ल्याएर स्थानीय तहको विकास गर्छन भन्नेमा नेता नेपाली जनताले राखेका छन् । नवनिर्वाचित जनप्रतिनिधिले पनि विकासको कामको हेक्का राखी स्थानीय तहको विकास गर्नेछन् भन्ने विश्वास आम जनमानसमा पलाएको देखिन्छ । विकासको मोडेल ल्याएर स्थानीय जनतालाई खुसी बनाउन लाग्नेछन् भन्ने भनाई नेपाली जनताको रहेको छ । स्थानीय जनप्रतिनिधिले सातवटै प्रदेश र स्थानीय तहमा आफ्नो भुगोल अनुसारको माटो परीक्षण गरी कृषि उत्पादन क्षेत्रमा कुन खालको उत्पादन हुन्छ या खेती योग्य जमिन छुटाएर खाद्यान्नदेखि विभिन्न जातका फलफुल, अन्नबालीदेखि आयआर्जनको उत्पादनलाई प्राथमिकता दिएर पशुपालन, कृषि फर्म, विभिन्न कृषिको औजार र कृषिलाई चाहिने बिउबिजन मलदेखि इत्यादीको व्यवस्थापन स्थानीय जनप्रतिनिधिले गर्नुपर्ने देखिन्छ । स्थानीय सरकारले आयस्रोत खोज्ने र विभिन्न उद्योग धन्दालाई प्राथमिकता दिनुपर्ने देखिन्छ । कतिपय उद्योग कलकारखनालाई राजस्व छुट दिएर व्यवस्थापन गर्नुपर्ने छ । अहिले नेपालमा तत्कालीन सरकारदेखि वर्तमान सरकारले नेपालका युवायुवतीलाई रोजगारी दिन सकेको छैन । नेपालमा भएका तमाम उद्योग बन्द भएका छन् । आम नेपाली रोजीरोटीको लागि विदेशीको गुलाम बन्न जानुपर्ने अवस्था नेपालमा िसर्जना भएको छ । स्थानीय जनप्रतिनिधिले निर्वाचन जितेका छन् । नयाँ जनप्रतिनिधिले जोस र जागरसहित स्थानीय विकासको खाका ल्याएर रोजगारी सिर्जना लागु गर्ने छन् भनेर स्थानीय जनताले विश्वास लिएका छन् । स्थानीय जनप्रतिनिधिले कस्तो अवधारणा ल्याएर देशको विकास गर्ने हुन आम जनतालाई चासोको विषय बनेको छ । खासगरी काठमाडौं महानगर, धरान नगरपालिका, जनकपुर नगरपालिकादेखि सातवटै प्रदेश र ७७ जिल्ला स्थानीय तहमा कस्तो खालको अवधारणा ल्याएर मुख्य मुख्य महानगरपालिका, गाउँपालिका जितेका नयाँ जनप्रतिनिधिले कस्तो खालको मोडल सहर बनाउँछन् भन्ने जिज्ञासा जनतामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *