कुनै पार्टीका कर्मचारीदेखि संगठन मालामाल कुनै पार्टीको संगठन कमजोर नेता मालामाल

समाचार

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनमा बसेर कस्तो काम गर्दा रहेछन् भन्ने उदाहरण देखिएको छ । यो उदाहरण कर्मचारी संगठनदेखि राष्ट्रिय कर्मचारी संगठन, मधेसी कर्मचारी संगठन, एकीकृत सहकारी संगठनमा बस्ने चाहिँदो नचाहिँदो गर्ने गरेका छन् ।

उदाहरणको लागि नेपाल निजामती संगठनका रेमन्त गौतमको जागिर प्युठानको स्वर्गद्वारी नगरपालिकामा रहेछ । कर्मचारी संगठनको नेता भएर काम गरेका रेमन्त गौतम वामदेव गौतम वरिपरि घुमि खाएका रहेछन् । पछि एमाले फुटेपछि रेमन्त यता न उता भएका हुन् ।

आखिरी वामदेव गौतम पार्टीबाट चुपचाप बसेपछि तत्कालीन आधिकारिक टे«ड युनियनका नेता पुण्य ढकालले एमालेमा प्रवेश गराए । कर्मचारी संगठनको अध्यक्ष बनाउने भनेर एमालेमा ल्याएपछि एमालेकै माधव नेपाल खेमाका एमाले संगठनका तत्कालीन उपाध्यक्ष रहेका लेखनाथ कोइरालाबिच अध्यक्षमा तछाडमछाड गरी कर्मचारी संगठनको अध्यक्ष बन्नलाई लागिपरे ।

त्सपछि लेखनाथ कोइराला र रेमन्त गौतमबिच सहमति भएर लेखनाथ कोइराला कर्मचारी संगठनको अध्यक्ष भएका छन् । रेमन्त गौतम उपाध्यक्ष रहेका थिए । अहिले रेमन्त गौतम एमाले कर्मचारी संगठनको उपाध्यक्ष भएपछि उनी जागिरमा गएका छैनन् । रेमन्त गौतम प्युठानको स्वर्गद्धारी नगरपालिका गएका छैनन् । रेमन्त गौतम कर्मचारी संगठनमा लागेपछि २०७१ सालदेखि काठमाडौं बस्दै आएका छन् । तर रेमन्त गौतमलाई काठमाडौं बस्ने अधिकार छैन ।

स्थानीय सेवा ऐनअनुसार उनी प्युठानको स्वर्गद्वारी नगरपालिका गएका छैनन् । उनी प्यूठान नगरपालिकामा बस्नुपर्ने देखिन्छ । आधिकारिक टे«ड युनियनले पनि कर्मचारी सरुवा गराएर ल्याउने व्यवस्था छैन । तर पनि उनी कर्मचारीको नेता बनेर हिँडेका छन् रेमन्त गौतमले तलब सुविधा कसरी लिएका छन् भन्दै कर्मचारीको गुनासो छ ।

कतिपय कर्मचारी खटाएको कार्यालयमा नगएमा जागिर जान्छ भने रेमन्त गौतमले ७÷८ वर्षसम्म काठमाडौं बस्दै आएको गुनासो छ । यस्तै काठमाडौं उपत्यका बाहिर स्थानीय र प्रदेशमा नजाने कर्मचारी मध्येमा एमाले संगठनका अध्यक्ष लेखनाथ कोइराला सँधैभरी उपत्यकाको मालदार ठाउँमा बस्दै आएको बताइन्छ ।

लेखनाथ कोइराला एमाले संगठनको उपाधयक्ष थिए । आधिकारिक टे«ड युनियनको अध्यक्ष भएका पुण्य ढकाल उपसचिव बढुवा भएपछि वामपन्थी सरकारको पालामा गृहको प्रशासन शाखामा बसेर सीडिओ र प्रहरी सरुवा बढुवा गरेर ठूलो मात्र धनराशि हात पारेको बताइन्छ । पुण्य ढकाल तेह्रथुमको सिडियो भएर गएपछि राम्रो आम्दानीको स्रोत बनाएको बताइन्छ ।

पछि वामपन्थी सरकार गएपछि नेपाली कांग्रेस पार्टीको नेतृत्वमा सरकार बनेपछि गठबन्धन सरकारले सिडिओबाट हटाएर गृह मन्त्रालयमा आउन सफल भएका पुण्य ढकाल गृह मनलयमा ११ वर्षदेखि गृहमा बस्दै आएको स्रोतले बताएको छ । राजनीतिक पार्टीका नेताभन्दा शक्तिशाली कर्मचारी वर्ग रहने गरेका छन् । कर्मचारीले कुन पार्टीको सरकारका मन्त्रीलाई कसरी आफ्नो ट्रयाकमा ल्याउने भन्ने जानकारी छ ।

यतिमात्र कहाँ हो र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बसेका रामचन्द्र अधिकारी नासुको नालीबेली केलाएर साध्य छैन । रामचन्द्र अधिकारी नासु भएपनि मन्त्री र सचिवको कामभन्दा बढी गरेका छन् । उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेको करिब ४ वर्ष भएको बताइन्छ । सामान्य प्रशासन मन्त्रालयमा बसेर सहसचिवको गाडी चढेर हिँड्ने र कर्मचारीको सरुवा बढुवा गर्ने चलखेलमा लागेका छन् ।

रामचन्द्र अधिकारीको चुरीफुरी देखेर अन्य कर्मचारी आजित भएका छन् । नासु रामचन्द्र यसरी हिँड्नु् र कर्मचारीलाई चलायमान बनाउने शक्ति कसले दियो भन्दैछन् । राजनीतिक पार्टीका नेताले च्यापेका छन् भन्ने गरेका छन् । रामचन्द्र अधिकारी जुनसुकै पार्टीको सरकार आएपनि मिलाउन सक्ने खुबी भएको कर्मचारी बताइन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवदेखि सहसचिवलाई घुमाउने गरेका छन् भने विभिन्न राजनीतिक दल संगठित कर्मचारीका नेतालेसमेत भेउ पाउन नसकेको गुनासो आइरहेको छ । यतिमात्र कहाँ हो र बेलुका भएपछि रेस्टुरा धाउने गरेको आरोप छ । यसरी एउटा नासु कर्मचारीले एउटा सहसचिवदेखि सचिवसम्मलाई घुमाई फिराई राख्छ भने अन्य ठुला कर्मचारीको कुरै छाडौं भन्दै थिए एक पीडित कर्मचारी ।

यस्तै एमाले संगठनका नेता लेखनाथ कोइरालाको लेखा अधिकृतमा बढुवा हुन लागेको छ । लेखनाथ कोइराला एमालेको संगठनको अध्यक्ष भएपछि देश दौडामाहा होमिएका छन् भने उठान पठानमा ध्यान दिएका छन् । २०७८÷७९ सालको आर्थिक वष्र्याको हिसाब किताबमा व्यवस्था रहेको बताइन्छ । लेखनाथत कोइराला हाल हरिहरभवन प्लान्ट क्वारेन्टाइन तथा व्यवस्थापन केन्द्रमा रहेको बताइन्छ ।

यसरी ब्यूरोक्रेसी भित्र कर्मचारीले कर्मचारीलाई पेलेर राजनीतिक दल भित्र पनि एकले अर्काे पार्टीलाई गिराउने खेल खेलिरहेका छन् भने नेपालको ब्यूरोक्रेसीबाट नेपाली जनताको काम गर्छन् भन्ने विश्वास हराएको छ । अधिकांश कर्मचारीले राजनीतिक पार्टीको झण्डामा रजाई गरिराखेका छन् । कर्मचारी भएपछि मालदार ठाउँमा जाने र तीन पुस्तालाई पुग्ने कमाई गरेका छन् ।

यस्तै अहिले एकीकृत सहकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेदेखि आम कर्मचारी रुष्ट भएको बताइन्छ । मोहन घिमिरेले कर्मचारीलाई संगठित गर्न नसकेको आरोप लाग्ने गरेको छ । यदि कर्मचारी संगठन एकयीकृत समाजवादी एस पार्टीले बनाएको भए स्थानीय निर्वाचनमा कर्मचारीको ठूलो हात हुन्छ । किनकि कर्मचारी भनेको यो देशको पहरेदार भनिन्छ ।

कर्मचारीले भनेपछि स्थानीय जनता उत्साहित भएर नेकपा एसमा भोट खसाल्छन् तर एमाले फुटेर एमाले र एकीकृत समाजवादी भएपछि एकीकृत समाजवादी कर्मचारी संगठन राम्रो बन्न नसकेको गुनासो हुन थालेको छ ।

एमाले कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठन बलियो भएको र यता नेपाल निजामती कर्मचारी युनियनको वर्चश्व रहेको छ भने एकीकृत सहकारी संगठन कमजोर भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *