दुर्घटनामा एकजनाको मृत्यु

समाचार

काठमाडौं । चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना  गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो ।

उनको सनाखत हुन सकेको छैन । ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *