चेल्सीका रुडिगर मड्रिडमा

समाचार

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर स्पेनिस महारथि क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन् ।

यस सिजन ला लिगा र च्याम्पियन्स लिग उपाधि जितेको रियल मड्रिडले रुडिगरसँग चार वर्षे सम्झौता गरेको हो । चेल्सीसँगको सम्झौता सकिएसँगै फुकुवा भएका रुडिगर ‘फ्रि ट्रान्सफर’ मा मड्रिड सहर पुगेका हुन् ।

‘अनुबन्धनसँगै रियालले जुन २० मा रुडिगरलाई सान्टियागो बर्नबेउमा सार्वजनिक गर्ने तयारी गरेको छ । रुडिगर सन् २०१७ मा रोमाबाट इङ्लिस क्लब भित्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *