ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ योजना

अर्थ/वाणिज्य समाचार

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने भएको छ । बैंकले अन्तर्राष्ट्रिय ब्रान्ड स्टोरहरु मिनिसो र मिसियोसँग साझेदारी गर्दै योजना सार्वजनिक गरेको हो ।

योजनामा बैंकका ग्राहकहरूले डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआरमार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १०% (अधिकतम तीन सय रुपैयाँसम्म) क्यासब्याक पाउने बैंकले जनाएको छ ।

यो योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुने बताइएको छ । फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोरहरू संचालनमा छन् ।

७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *