एनसेलको मनसुन धमाका, अनलिमिटेड डेटा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । एनसेल आजियाटाले मनसुन धमाका अफर ल्याएको छ । योजना अन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन पाउने कम्पनीले जनाएको छ ।

विहीबारबाट कार्यान्वयनमा आएको यो योजनामा एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् । कम्पनीका अनुसार ग्राहकले कर सहित २९ देखि ४८ रुपैयाँ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् । एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि ग्राहकले यो प्याक खरिद गर्न सक्ने कम्पनीले जनायो ।

यो योजनामा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसीमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन् ।

कम्पनीका अनुसार प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरुले कर सहित १२ रुपैयाँमा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रुपैयाँमा १०० मिनेट टक टाइम र १०० एसएमएस वा २९ रुपैयाँमा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अल नेट प्याकहरु एष्ट्रिक्स १७१११८ ह्यास डायल गरी सहजै लिन सकिन्छ । मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु ईसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्ने विज्ञप्तिमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *