भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की

कला-साहित्य समाचार

काठमाडौं । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि बलिउडमा तरंग छाएको छ । सलमानलाई ज्यान मार्ने धम्की सहितको चिठी आएको खबर बाहिरिए पछि बलिउडमा हलचल आएको हो ।

सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाक जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए । जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो।

पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला जस्तै बनाउने’ उल्लेख गरिएको भारतीय सरकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

यो पत्रसँगै सलमानका पिता सलिमले प्रहरीमा एफआईआर दर्ता गरेका छन् । प्रहरीले एफआईआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान सुरु गरेको छ । बिहान साढे ७ देखि ८ को बीचमा उक्त पत्र भेटेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *