न्यौपाने र पन्थी हिस्स

राजनीति लुम्बिनी प्रदेश समाचार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादीबाट एमालेतिर लागेका दधिराज न्यौपाने र दिनेश पन्थीभन्दा हृदयेश त्रिपाठीको टिमका सांसदलाई साथ लिन जरुरी ठानेका छन् । न्यौपाने र पन्थी गृहमन्त्री बादल र टोपबहादुर रायमाझीको लहैलहैमा एमालेको पक्ष लिएर माओवादीलाई वाइवाई गरेका सांसद हुन् । प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गुण्डाको सरदार दीपक मनाङेलाई मन्त्री बनाएका छन् । अवस्था गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको उस्तै छ । दुवै मुख्यमन्त्री अल्पमतमा छन् । लुम्बिनीमा एमालेको चुनाव चिह्नबाट सांसद बनेका २ जना सांसदले पद त्याग गरेका छन् । विमला ओली नेकपाबाट चुनाव जितेकाले माओवादीतिर लागिन् । सबै जोड्दा मुख्यमन्त्रीले ४१ जनाको बहुमत देखाएर रातारात मुख्यमन्त्रीको बहुमत पुगेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले माओवादी छाडेर एमालेतिर लागेका पन्थी र न्यौपानेको हैसियत बुझेर नै मन्त्री नबनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *