सत्ताको खेलमा जनता समाजवादी पनि विभाजनको संघारमा

राजनीति

काठमाडौं । ओली सरकारलाई कायम राख्ने की हटाउने भन्ने खेलको कारण अहिले सबभन्दा ठूलो दलको हैसियत भएको नेकपा एमाले र मधेसवादी एक मात्र दल जनता समाजवादी विभाजनको संघारमा पुगेका छन् । गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका सम्बन्धमा प्रधानमन्त्री ओलीसँग फरक मत राख्दै आएको माधव नेपाल समूहका २८ जना सांसद मतदानमा भाग नलिई तठस्थ बसेपछि र ओली सरकार र अब गठन हुने गठबन्धन सरकारको सम्बन्धमा दुई अध्यक्षका बीचमा फरक मत भएपछि जनता समाजवादी पनि विभाजनतिर बढ्न थालेको छ । नेपाल पक्षका २८ जना सांसदले पार्टीलाई विभाजित पनि हुन नदिने तथा प्रधानमन्त्री ओलीको तानाशाही चरित्र पनि स्विकार नगर्ने भन्दै अस्ती सोमबारको विश्वासको प्रस्तावको सम्बन्धमा गर्नु पर्ने मतदानमा माधव नेपाल पक्ष तथस्थ बसेको थियो । पार्टीको ह्विपलाई उल्लंघन गर्दै माधव नेपाल पक्ष मतदानको समयमा तथस्थ बसेपछि प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमा जम्मा ९३ मत मात्र पर्न गयो । यसरी विश्वासको मत असफल भएपछि प्रधानमन्त्री ओली तत्कालै सरकारबाट विस्थापित हुनुपर्ने अवस्था आयो र सोमबार साँझमा नै राष्ट्रपतिले पनि तीन दिनको समय दिएर बहुमतको सरकार गठन गर्न राजनीतिक दललाई आह्वान गर्ने अवस्था आयो ।
उता केपी ओली सरकारलाई जसरी पनि विस्थापित गर्ने अभियानमा जनता समाजावादीका अध्यक्ष राजेन्द्र महतो र बाबुराम भट्टराई लागि परेका थिए । तर १ नं. अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पनि यही सरकारलाई कायम राख्ने पक्षमा थिए । यो स्थितिमा पार्टीलाई विभाजनबाट जोगाउनका लागि अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले राखेको उक्त प्रस्तावको सम्बन्धमा पार्टीको तर्फबाट कुनै निर्देशन नदिई आफ्नो विवेकले निर्णय गर्ने अधिकार सांसदलाई दिएका थिए भने अर्का अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री ओलीले राखेको उक्त प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए । मतदानमा प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव असफल भए लगत्तै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग मिलेर तत्काल बहमुतको सरकार गठन गर्न राष्ट्रपति समक्ष आव्हान गर्दै वक्तव्य प्रकाशित गरेका थिए । २ नं. अध्यक्ष यादवले यस्तो वक्तव्य प्रकाशित गरेको लगत्तै अर्का अध्यक्ष महन्थ ठाकुरले सरकार गठन गर्ने खेलमा आफ्नो पार्टीले नभएको भन्दै अर्को वक्तव्य प्रकाशित गरे । यसरी नयाँ सरकार गठनको मामिलामा उत्पन्न भएको विवादले जनता समाजवादीलाई पनि विभाजनको संघारमा पु¥याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *