काठमाडौं । बागमती प्रदेश १२ जना संसद भएको राप्रपाका भुवन पाठकले सभामुख पद छाडेपछि त्यो पद नेकपाको भागमा आएको छ । राप्रपाभित्र कांग्रेसलाई भन्दा एमालेलाई साथ दिने मत बढी छ । तर, यसपटक अध्यक्ष राजेन्द्र लिङदेनले एमालेका अध्यक्ष्ले चासो नदिएको रिश फेरेका छन् । उनी चाहान्थे एमाले अध्यक्षले आफूसँग सम्बन्ध विस्तार गरी प्रदेश र स्थानीय चुनावमा राप्रपा नेकपाको टीम गठबन्धन होस् भन्ने चाहना लिङदेनको हो ।
तर, यसपटक ओलीले कमल थापा प्रयोग गरे । थापा राप्रपा सरकारमा जानुपर्छ बामपन्थीहरुसँग मिलेर पार्टीको अस्थित्व बचाउनुपर्छ भन्नेमा छन् । बागमती प्रदेशमा राप्रपाका छ जना निर्वाचित र ६ जना समानुपातिक सांसद छन् । उनीहरु लिङ्गलेनसाग भन्दा कमल थापा, पशुपति शमशेर, डा. प्रकाश चन्द्र लोहनी, बुद्धिमान तामाङ र विक्रम पाण्डेसँग जोडिएका छन् । निर्वाचित सांसदमध्येबाट ६ जनाले सरकारलाई सघाए, तीनजना मन्त्री भएको अवस्थामा पार्टी अध्यक्षको कारबाहीको वैधतामै प्रश्न उठेको छ ।
किन कि अहिले राप्रपाका अध्यक्ष आफै अल्पमतमा छन् । संघीय संसदको टीम उनको पक्षमा छैन । धवल शमशेर राणाले पनि केही नेता कार्यकर्ता तानेका छन् । यस्तो अवस्थामा हिजो महामन्त्री चलाएका भूवन पाठकहरुले चुनावका बेला खर्च गरेको ३५ लाख उठाउन सकेनन् ? उनले ३ वर्ष सभामुख चलाए, कोशी प्रदेशमा राप्रपाकै अर्जुन विष्ट समाभुख छन् । राजेन्द्रको लहैलहैमा चिप्लिएका पाठक आज अलपत्र परेका छन् । पार्टीमा जिम्मेवारी पनि छैन । संसद पदबाट राजीनामा दिँदा सभामुख पद जोगिने स्थिति थिएन । स्वार्थको खिचडीमा पार्टी चलाउँदा हुने यस्तै हो । सबै दलमा यो समस्या छ ।

