मधेशमा अमरेशको आन्दोलन गर्ने चेतावनी

राजनीति समाचार

काठमाडौं । रास्वपा सांसद अमरेश कुमार सिंहले छठ पर्वपछि मधेसमा आन्दोलन चर्कने घोषणा गर्दै गर्दा लमजुङका सांसद धर्म केसी मध्यपहाडी लोकमार्गमा फित्ता लिएर जनताको जमीन नपाउन थालेपछि रास्वपाविरुद्धको आक्रोश चर्केएको छ । रास्वपाका सांंसदविरुद्ध जनता आक्रोशित छन् । सिंहदरबारदेखि गाउँसम्म । बालेन्द्र सरकारलाई फेसबुक भए पुग्छ । राजनीतिक रुपमा दलीय सम्बन्ध जोड्नु छैन । उता लमजुङका सांसद केसीले यो वर्ष आफूले रु. ६४ अर्ब बजेट पारेको गफ चुटे भएकै छ । गत वर्ष १४ प्रतिशत बजेट फ्रिज भएकै हो । त्यो बजेट ८ पालिका, निजामति प्रशासनसँगै सरकारी कार्यालयको खर्च हो । विकासे योजनाका लागि मात्र होइन भन्ने ज्ञान जान्नेहरुलाई नहुँदा जति जे भनेर कुर्ले पनि भएको छ ।
तनहूँ, गोरखा र मनाङ्गसँग जोडिएको लमजुङबाट एकजना सांसद निर्वाचित हुन्छन् ।

यसपटक रास्वपाको लहरले कांग्रेस, एमाले, माओवादीका रैथाने नेताहरु थन्किएका छन् । तर, रास्वपाले जनताको आवश्यकता के हो ? त्यसमा चासो दिएको छैन । त्यो जमातका सांसदहरु ज्वाला संग्रौला, खगेन्द्र सुनार, आशिका तामाङ र केपी खनालको अराजकता राजधानीमा चर्को हुँदा लमजुङका धर्म केसीले सडक नाप्न आफै तप्परता देखाउनु जनतामा आतंक सिर्जना गर्नु हो । किन कि सरकारले जनताका तत्कालीन आवश्यकतालाई चासो दिएकै छैन । हिमाली जिल्ला राजमार्गका सडक जनघनत्वको आधारमा चौडा बनाइन्छ । सरकारले जनताका तत्कालीन आवश्यकता चासो दिएको छैन । हिमाली जिल्ला मनाङको आधारस्तम्भ रहेको लमजुङको बेशीसहर पुग्ने मुल सडकको स्तरोन्नती गर्नुपर्ने तर्फ ती सांसदको ध्यान गएको छैन । तर, सांसद मध्यपहाडी लोकमार्गको दायाँबायाँ जग्गा नाप्दै राजस्व २५ प्रतिशत बड्छ भन्दै डुक्रिन थालेका छन् । अहिले त्यो समय पनि होइन । वर्षाद टुङ्गिएको छैन ।

बाढीले भत्काएका सडक संरचना मर्मत भएका पनि छैनन् । संसद चल्दैछ । सरकारले काम दिन नसक्दा १४ दिन बैठक स्थगित गरेर सांसदहरु बाढीग्रस्त क्षेत्रको भ्रमणमा जाँदा आफ्नै मतदाताबट लखेटिएकै छन् । भारतीय सूचक सांसद अमरेश सिंहले छठ पर्वपछि मधेसमा रास्वपाका सांसद भड्किने छन् भन्नुको कारण पार्टीलाई साथ दिएको मधेसप्रति प्रधानमन्त्रीले चासो नदिएको जनताको पीडा लत्याउनु हो । ३२ सिटको मधेसमा रास्वपाका ३० सांसद छन् । तर, प्रधानमन्त्री शाहले त्यसतर्फ ध्यान दिएक छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *