प्रचण्डलाई महासचिव चयन गर्न नै प-यो महाभारत 

राजनीति समाचार

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन गत पुस ११ बाट सुरु भएर १८ गते सम्पन्न भएको थियो । उक्त अधिवेशनले प्रचण्डलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको भएपनि अध्यक्ष प्रचण्डले अहिलेसम्म स्थायी समिति सदस्य र पदाधिकारीको चयन गर्न सकेका छैनन् ।

यही जुठ २० गते स्थायी समिति सदस्य र पदाधिकारी चयन गर्ने प्रमुख एजेण्डसहित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो ।

तर, यो बैठकमा अध्यक्ष दहालले पदाधिकारी र स्थायी समिति सदस्यको नाम प्रस्तुत गर्न सकेनन् । फेरि असार १५ गते पछि केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारी र स्थायी समिति सदस्यको चयन गर्ने भनिएको छ ।

खासमा अध्यक्षपछिको दोस्रो प्रमुख कार्यकारी पद महासचिवको कारण नेकपा माओवादीको केन्द्रीय कार्यसमितिले पूर्णता पाउन सकेको छैन । माओवादीको विधान अनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष र सात जना उपाध्यक्ष त्यसैगरी एक जना महासचिव, दुई जना उपमहासचिव, तीनजना सचिव र एकजना कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने प्रावधान छ ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको नाम निश्चित भएसँगै उपाध्यक्षमा कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, पम्फा भुसाल, जनार्दन शर्मा, गणेश शाह र वर्षमान पुनको नामसमेत चर्चामा छ । तर, महासचिवका लागि वर्षमान पुनसँगै जनार्दन शर्मासमेत प्रतिस्पर्धामा रहेका छन् ।

आपूm महासचिव बन्न अवस्था नरहे वर्षमान पुनले शक्ति बस्नेतलाई महासचिवमा अगाडि सार्ने अवस्था देखिएको छ भने जनार्दन शर्मा महासचिव हुन नसके उनले महासचिवका लागि पम्फा भुसाललाई अगाडि सार्ने देखिएको छ ।

तथापि नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन गर्दै कार्यसमितिलाई पूर्णता दिने मामिलामा महासचिव वर्षमान पुन हुने कि जनार्दन शर्मा हुने भन्ने विवादमा अडिकएको अवस्था छ ।

उसो त विगतमा महासचिवको जिम्मेवारी सम्हालिसकेका कृष्णबहादुर महरा पनि महासचिवका लागि बलियो दावेदारको रुपमा देखिएका छन् । पार्टी अध्यक्ष प्रचण्डलाई सन्तुलन मिलाएर पदाधिकारी र स्थायी समिति सदस्य चयन गर्न कठिनाइ परिराखेको छ ।

अध्यक्ष प्रचण्ड पदाधिकारीमा समेट्न नसकेका तर पार्टीमा बलियो हैसियत राख्ने नेताहरुलाई सचिवालयमा व्यवस्थापन गर्ने सोच बनाएको सूत्र उल्लेख गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *