स्थानीय निर्वाचनपछि सुरु भयो, मन्त्री हेरफेरको क्रम

राजनीति समाचार

काठमाडौं । सरकारमा सामेल एकीकृत समाजवादीका मन्त्रीलाई पार्टीले फिर्ता बोलाएर यो सवसर अन्य सांसदलाई उपलब्ध गराएको छ ।

गत वर्षको भदौमा सरकारमा सामेल हुँदा एकीकृत समाजवादीका अन्य अन्य सांसदहरुले पनि मन्त्रीका लागि आकांक्षा देखाएपछि र त्यही कारणले गर्दा विद्रो हुने स्थिति आएपछि ६ महिनामा सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाएर अन्य सांसदलाई मन्त्री बनाउने आस्वासन देखिएपछि नेकपा एकीकृत समाजवादीमा उत्पन्न भएको आन्तरिक असन्तोष शान्त भएको थियो ।

र, ६ महिनाको समय निर्धारणको मिति अनुसार स्थानीय निर्वाचन अगाडि नै सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाएर अरुलाई अवसर दिँदा जनतामा गलत सन्देश जाने भनेर स्थानीय निर्वाचन सम्पन्न भएपछि एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाएर अरु सांसद्लाई अवसर दिने सहमति एकीकृत समाजवादीमा बनेको थियो ।

यहीं सहमतिका अनुसार पर्यटन तथा नागरिक उड्डयन प्रेमबहादुर आलेलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले यो जिम्मेवारी जीवनराम श्रेष्ठलाई दिएको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भवानी खापुङलाई दिएको छ ।

अहिलेसम्म यो जिम्मेवारी विरोध खतिवडाले निर्वाह गरेका थिए । शहरी विकास मन्त्रीबाट रामकुमारी झाक्रीलाई हटाएर एकीकृत समाजवादीले मेटमणि चौधरीलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यसैगरी श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठलाई हटाएर एकीकृत समाजवादीले शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाएको छ । मन्त्रिपरिषद्मा एकीकृत समाजवादीले गरेको यो हेरफेरपछि विरोध खतिवडा र प्रेम आलेले पार्टी अध्यक्ष मावधकुमार नेपाललाई भेटेरै आफ्नो असन्तोष व्यक्त गरेका छन् । समाचार स्रोतका अनुसार मन्त्रीपद गएसँगै प्रेम आले र कृष्णकुमार श्रेष्ठले एकीकृत समाजवादी छाड्ने सम्भावना पनि रहेको छ ।

एकीकृत समाजवादीले वर्तमान सरकारमा आफ्नो तर्पmका मन्त्री हेरफेर गरेसँगै जनता समाजवादीका अध्यक्ष उपमेन्द्र यादवले यसैगरी आफ्नो पार्टीका मन्त्री हेरफेर गर्ने भएका छन् । जनतासमाजवादीका अध्यक्ष यादवले आफ्नो पार्टीको भागमा परेका मन्त्रालयको जिम्मेवारी सम्हालिराखेका चारमध्ये तीन जना महेन्द्र रायबाहेकका मन्त्रीलाई फिर्ता बोलाउने कसरी भइराखेको छ ।

उता प्रधानमन्त्री शेरबहादुर देउवा लोकतान्त्रिक समाजवादीलाई समेत सरकारमा सामेल गरेर गठबन्धनको आकार बढाउने कसरतमा लागेका छन् । यसका लागि प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुरलाई दुई मन्त्रालयसहित प्रतिनिधिसभाको उपाध्यक्षको प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *