काठमाडौंको धोबी खोलामा पुरुषको शव फेला

समाचार

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमार्टमका लागि पठाइएको मैनालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *