बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयले अवरोध सिर्जना गरेपछि प्रहरीसँग झडप

समाचार

काठमाडौं । सोमबार राती सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाका स्थानीयवासीहरुको सहमति बमोजिम महानगरपालिकाको फोहोर व्यवस्थापनमा स्थानीयवासीहरुले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले संघर्ष समितिका श्रीराम ढुंगानासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै धर्ना दिएर बसेका अन्य व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यहाँ अहिलेसम्म फोहोर लान सकेको छैन । तर प्रहरी र सशस्त्र प्रहरी मिलेर बल प्रयोग गरी स्थानीयलाई नियन्त्रणमा लिने काम भइरहेको छ ।

फोहोर फाल्न नदिने भन्दै सिसडोल र बञ्चरे डाँडा बीचको आलेटार भन्ने ठाउँमा बिहान देखि स्थानीयले धर्ना दिइराखेकामा प्रहरीले त्यस ठाउँ वरिपरिका घरभित्रै पुगेर पनि मानिसहरूलाई नियन्त्रणमा लिइरहेको छ ।

बञ्चरे डाँडामा प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोली पनि पुगेका छन् ।

फोहोर ल्याउन नदिन स्थानीयले सडक पनि बन्द गर्दै अवरोध पुर्‍याएका थिए । अहिले डोजर लगाएर अवरोध हटाउने काम भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *