ग्लोबल आईएमई बैंकको अर्बाैं जोखिममा चन्द्र ढकाल यता न उता

समाचार

काठमाडौं । अब्बल र नेपालकै ठूलो भनिएको एउटा बैंक भित्रभित्रै ‘खोक्रो’ बनेको एउटा तथ्य उजागर भएको छ ।
नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले गरेको अडिटमा बैंकले प्रवाह गरेको कर्जा उच्च जोखिममा परेको र अनुशासन पालना नगरेको भेटिएसँगै उस्ले सो बैंकलाई उसलाई चालू आवमा ३ अर्ब रुपैयाँ प्रोभिजन गर्न निर्देशन दिएको हो ।
सर्वसाधरणदेखि नियामक निकायसम्मको आँखा छलेर सो बैंकले हालै मात्र प्रकाशन गरेको आर्थिक बर्षको तेस्रो त्रैमासमा प्रकाशित निष्क्रिय कर्जा (एनपीएल) केन्द्रीय बैंकलाई पत्यार नलागेपछि आफैले अडिट गर्दा बैंकमा समस्या देखिएको बैंक स्रोतले जनाएको छ । यसरी नियामक निकाय,सर्वसाधरणदेखि शेयरधनीसम्मको आँखामा छारो हाल्ने व्यक्ति हुन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंक । उस्ले प्रकाशन गर्ने गरेको वित्तीय विवरण नै झूठो हुने गरेको तथ्य फेला परेको छ । बैंकको वित्तीय विवरणमाथि आशंका लागेपछि केन्द्रीय बैंकले छुट्टै अनुगमनको क्रममा वित्तीय विवरणमा गम्भिर त्रुटीहरु मात्रै नभई नियतबस झूठा विवरणहरु समावेश गरेर जनतालाई भ्रम छरेको प्रमाणित भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अडिटको क्रममा यस्तो बदमासी फेला परेसँगै केन्द्रीय बैंकले कारवाही गर्ने निर्णय गरेको हो । बैंकको खराब कर्जा तीन प्रतिशतभन्दा माथि पुगिसकेको खराव कर्जालाई बैंकले १.४५ प्रतिशत रहेको भन्दै झुक्याइएको विवरण राखेको थियो । अहिले ग्लोबल आइएमई बैंकभित्र साढे तीन अर्बभन्दा बढि कर्जा दुरुपयोग सम्बन्धी घट्ना भित्रभित्रै मिलाउने प्रयत्न भइरहेको सूचना प्राप्त भएको छ । यसअघि कुमारी बैंक घोटालामा जस्तै गरी ऋण मिलाउने प्रयत्न भइरहेको जनाइएको छ ।ग्लोबल आइएमई बैंकमा राष्ट्र बैंकले गत साता इन्स्पेक्सनको क्रममा तीन अर्बभन्दा बढि कृत्तिम ऋण प्रवाह गरिएको फेला पारेको थियो । सो काण्डमा तत्कालै राष्ट्र बैंकले एक्सन लिएर तीन अर्ब रुपैयाँ प्रोभिजन गर्न निर्देशन दिइसकेको छ । नियामक निकाय केन्द्रीय बैंकले तीन अर्ब घोटाला भएको निष्कर्ष सहित प्रोभिजन गर्न निर्देशन दिएको बिषयमा ग्लोबल आइएमई बैंक मौन रहँदै आएको छ । केन्द्रीय बैंकले कारवाही गरेको झण्डै एक सातासम्म पनि बैक मौन बस्दा लगानीकर्ताहरु अन्योलमा परेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा रहेको ग्लोबल आइएमई बैंक पछिल्लो समय लगातार विवादमा फस्दै गइरहेको छ । औद्योगिक घारानाको रुपमा उदय भएको आइएमई ग्रुपबाट सम्पादित कामहरु पछिल्लो समय विवाद पर्दै आएको छ । बैंकर चन्द्र ढकालले अहिले ग्लोबल आइएमई बैंकका अलवा आइएमई जनरल इन्स्योरेन्सदेखि ग्लोबल आइएमइ लघुवित्त,नेपाल इन्स्योरेन्स,नेपाल पुनर्बीमा कम्पनी,नेपाल पूर्वाधार बैंक,चन्द्रागिरि हिल्स,आइएमई लाइफ इन्स्योरेन्स र डिशहोम लगायतका कम्पनीका साथैं हिमालयन पावर पार्टनर र माउन्टेन्ट इनर्जी जलविद्युत कम्पनी,हाथवे इन्भेष्टमेन्टमा लगानी गर्दै आएकोमा अधिकांश कम्पनीमा समस्या र विवाद छ । उनै ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमइ बैंकको तन अर्ब रुपैंया जोखिममा परेको भन्दै नेपाल राष्ट्र बैंकले पत्र काटेको छ । ग्लोबल आइएमइ बैंक स्रोतका अनुसार चन्द्र ढकालले ग्लोबलका बचतकर्ताहरुले राखेको रकमलाई कुनै नक्कली ऋृणि खडा गरेर जग्गा जमिनका लगानी गरेको बताइएको थियो । यही आर्थिक बर्ष अर्थात असार मसान्तभित्र साढे तीन अर्ब रकम जोहो गर्नुपर्ने भएपछि चन्द्र ढकाललाई नराम्रो चक्मा लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *