योजना छैन, कम्युनिष्ट फुट्दा मख्ख

समाचार

काठमाडौं । राम्रो कम गरेर जनतालाई खुसी बनाएर होइन, कम्युनिष्ट विभाजनलाई आधार बनाएर नेपाली कांग्रेस स्थानीय चुनावमा ठूलो पार्टी भएको गर्व छ । गठबन्धनमा रहेर भएको चुनावमा कांग्रेस एमालेले जस्तो सोचे तिनको परिणामले सारमा खुसी छन् । तर जनता समाजवादी पार्टी भने विराटनगरको पराजयले थलो परेझैं देखिँदैछ । जनताको आवश्यकतालाई गम्भीर नहुनेनेतृत्वले राजय संचालन नगर्दा उत्तेजना देखाउने बढेको छ । कांग्रेसले काठमाडौं ललितपुरमा घात ग¥यो । किनकि घात गर्दा गर्दै पारिवारिक लिगेसीले प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसमेत पराजित भइन । तर माओवादीकी मन्त्री पम्फा भुसालले सांसद जितेको ललितपुरमा माओवादीका उपमेयर थन्किए । काठमाडौं महानगरमा उपमेयर त एसका थिए । तर उनले अपेक्षा गरेको मत पाएनन् ।
कांग्रेस फुकिएको छ । अंक गणितले अहिले फाइदा कांग्रेसले लियो । आफु बाहेक अरुलाई नेतृत्व दिन नचाहने प्रचण्ड, केपी ओलीको प्रवृत्तिले देश कता लैजान्छ । स्वामित्व लिने पारदर्शी नहुने कम्युनिष्टहरु सामुहिकतामा किन जान सकेनन् ? एक हाते गाई भैंसी जसरी पार्टी चलाएर दीर्घकालीन रुपमा जनताले चासो दिँदैन । प्रधानमन्त्री पदका लागि केपी ओली र पुष्पकमल दाहाल, माधव नेपालमा देखिएको लोभले नेपाली वामपन्थी शक्ति कता जान्छन् ? पदको स्वार्थमा नेताहरुको जीवनी जोडिएको छ । कम्युनिष्टहरुको समस्या भनेको आफैंले खडा गरेका समस्या हल गर्न सहज छैन । ओलीको उदयले एमालेमा नेतृत्वको खडेरी लागेको छ । माओवादीमा प्रचण्डको हालत त्यस्तै छ ।
कांग्रेस पार्टीमा मात्र होइन, राजनीति खपतका कुरा चर्का छन् । संसद जोगाउन स्थानीय तहसम्म गठबन्धन भयो । संघ र प्रदेशको चुनावमा कांग्रेसले वापमन्थीका दुई धारलाई साथ लिन्छ नै भन्ने छैन । किनकि कांग्रेस भित्र डा.शेखरहरु छिन्नभिन्न हुन थालेका छन् । तर संस्थापन चुपचाप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *