जनार्दन र उमाकान्त पनि हटाइँदै

समाचार

काठमाडौं । जनताको पक्षमा भन्दा माफिया र तस्करको पक्षपोषण गर्ने बजेट ल्याएर माओवादीका गच्छदार शैलीका जनार्दन शर्मा अर्थमन्त्रीको कुर्सीबाट बाहिरिँदा नेपाली कांग्रेसका उमाकान्त चौधरी खानेपानी मन्त्रीबाट बाहिरिने क्रम जारी छ । नेकपा एसले आफ्ना चार मन्त्री फिर्ता गरेपछि चर्चा बढेको हो । चौधरीले सचिवालयमा ५१ जनाको जन्ती राखेका छन् । तिनको काम सचिवलाई काम गर्न नदिने, विभाग र संस्थानका हाकिमहरुलाई थर्काउने, धम्क्याउने, गाडी र इन्धने माग्नेमै केन्द्रीत हुने भएको छ । जनार्दनले नेपालको चुरे भत्काएर खेतीयोग्य जमिन बगर बनाउने एमालेको माफिया अर्थमन्त्री विष्णु पौडेललाई पछ्याएका छन् ।
चुनावी सरकार बनाउँदा प्रधानमन्त्री देउवाले हटाउने मन्त्रीमा अहिलेका मन्त्रीमध्ये कांग्रेसबाट उमाकान्त चौधरी, उमा रेग्मी, डा.नारायण खड्का, बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्कीको नाम पार्टीभित्र चर्चामा छ । तर बद्नाम उमाकान्तको घुस मोह, उमा रेग्मीको छोरा बुहारी मोह र डा.नारायण खड्का कुटनैतिक लिगेसी बचाउन नसक्नेमा परिचित भएका हुन् । उमाकान्त चौधरीको सहयोगी दाताले खानेपानी विभाग, मेलम्ची, बाग्मती सभ्यता, केयुकेएलका हाकिमसँग घुस, गाडी र इन्धन हजम गरेको छ भने गाडी पु¥याउन नसक्दा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरु रुन मात्र सकेका छैनन् । चौधरीले असोज यता ३ जना सचिव फेरेका छन् ।
प्राविधिक ज्ञान नभएको, संस्कार नबुझेको व्यक्तिलाई खानेपानी मन्त्री बनाउँदा कांग्रेसले राजधानीका जनताको खानेपानी हाहाकारलाई वास्ता गरेन । चुनावको नतिजा आउनसाथ मेलम्चीको पानी बन्द गरिएको छ । प्रधानमन्त्री देउवालाई कानूनतः ३५ जना कर्मचारी कार्यकर्ता सचिवालयमा राख्न कानूनले दिएको छ । तर सांसद चौधरीलाई मन्त्री बनाएर ५१ जना घुमुवा परिचालन गर्दा गाडी, मोटरसाइकल, पेट्रोलको समस्या भएको छ । प्रधानमन्त्री देउवा र नेता सिटौलाले तत्काल चौधरीलाई बर्खास्त नगर्ने हो भने चुनावमा कांग्रेस धेरै ठाउँमा पराजित हुने देखिन्छ । चौधरीबाट सताइएका कर्मचारीले बारा जिल्लामा पुगेर उनको भण्डाफोर गर्ने योजना बनाउने चर्चा पनि चलेकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *