बालेन शाहको अग्निपरीक्षा

समाचार

स्वतन्त्र हैसियतमा काठमाण्डौ महानगरको मेयरमा उम्मेदवार रहेका बलेन्द्र साहलाई काठमाण्डौ बासीले प्रचण्ड समर्थन सहित शानदार जित दिलाए । काठमाण्डौको मेयरमा विजयी भएका साहले काठमाण्डौ बासीको तर्फबाट पहिलो उपहार भने काठमाण्डौको सबै गल्ली तथा सडकमा थुप्रिएको फोहोर पाएका छन । नवनिर्वाचित मेयर साहले पदीय जिम्मेवारी सम्हाल्न नपाउदै प्राप्त गरेको यो उपहारको ब्यवस्थापन गर्नु मेयर साहका लागि ठूलो चुनौती बनेको छ । यही कारणले गर्दा पदीय जिम्मेवारी सम्हाले लगत्तै महानगरले फोहोर ब्ययस्थापन गर्दै आएको नुवाकोटको बन्चरेडाडाका बासिन्दाको गुनासो अर्थात उनीहरुको सिकायत अर्थात माग सुन्न बन्चरेडाँडामा दुई पटक पुगी सकेका छन् ।
राजधानी काठमाण्डौले खानेपानी र फोहोर ब्यबस्थापनको समस्यालाई लामो समयदेखि भोग्दै आएका छन् । राजधानी काठमाण्डौमा खानेपानीको समस्या पन्चायत ढलेर बहुदल प्रारम्भ हुदा भन्दा अगाडी देखि नै थियो । यही कारणले गर्दा ०४८ सालमा पहिलो आम निर्वाचन हुदा प्रचार प्रशारको क्रममा तत्कालीन प्रधानमन्त्री स्व. कृष्णप्रसाद भटटराईले मेलम्ची खोलाको पानी ल्याएर काठमाण्डौबासीलाई पिलाउने मात्र होईन कि काठमाण्डौको सडक समेत मेलम्चीको पानीले सफा गर्ने भाषण समेत गरेका थिए। काठमाण्डौमा पानीको समस्या देखेर जनतालाई आकर्षित गर्न तत्कालीन प्रधानमन्त्री भटटराईले त्यो भाषण गरेका थिए । तर मेलम्चीको पानी राजधानी काठमाण्डौमा एकबर्ष अगाडीबाट मात्र आउन थालेको छ, त्यो पनि हिउदमा मात्र
राजधानी जस्तो ठाउमा खानेपानीको अबस्था यस्तो छ भने राजधानी काठमाण्डौमा फोहोर ब्यबस्थापनको के हालत छ भन्नै नपर्ने अवस्था छ ।
बास्तवमा काठमाण्डौको फोहोर ब्यबस्थापनका सम्वन्धमा सरोकारवाला निकाय कहिले गम्भिर भएन र जहिले पनि टालटुले बाटोमा मात्र हिडने काम ग¥यो । यही कारणले गर्दा हरेक पाँच छ महिनामा यो समस्या दोहोरिने गर्दै आएको छ । अब नवनिर्वाचित मेयरले काठमाण्डौको फोहोर ब्यवस्थापनको स्थायी समाधान खोज्नु पर्दछ र ता कि उनले जस्तो मेयरमा निर्वाचित भएर सपथ ग्रहण नै नगरी उनी पछी आउने मेयरले महानगरको फोहोर ब्यवस्थापनका लागि समस्याको भारी बोकेर विभिन्न ठाउमा धाउन नपरोस । आजको युगमा फोहोर ब्यवस्थापनलाई समस्या पनि मानिदैन र फोहोरको ब्यवस्थापन आम्दानीको राम्रो श्रोत पनि बन्न पुग्छ । यसका लागि अरु केही होईन एउटा ईच्छा शक्तिको आवश्यकता पर्दछ । यस अर्थमा काठमाण्डौको फोहोर ब्यवस्थापन काठमाण्डौ महानगरका मेयरले गरी राखेको प्रयाशलाई सफल बनाएर काठमाण्डौलाई सदाका लागि फोहोरबाट मुक्त बनाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *