किन हुन्छ महिलामाथि दुव्र्यवहार ?

समाचार

सावित्री खत्री
काठमाडौं । अहिले पत्रपत्रिकादेखि सामाजिक सञ्जालसम्म महिलामाथि हुने दुव्र्यवहार र हिंसाले चर्चा पाउने गरेको छ । किन यसरी दिनप्रतिदिन महिलामाथि भएको अपराध र घटनाको बारेमा समाचार आइरहन्छन् ? के नेपालमा अशिक्षा, रोजगारी या अन्य कारणले यस्ता घटनाहरु आएका दिनानुदिन घटिरहेका छन् ? यसको कारण के हो त्यसको अनुसन्धान गर्न जरुरी देखिन्छ । अशिक्षा, रोजगारी र गरिबीका कारणले महिला हिंसा र दुव्र्यवहारको घटना बढेर समस्या बन्ने गरेको पाइन्छ । यस्तो खालको महिला घटनाको बारेमा समाचार आएपनि यसको रोकथाम हुन सकेको छैन । बोक्सीको आरोपदेखि विभिन्न किसिमको आरोप महिलामाथि लाग्दै आएको छ ।
कुनै न कुनै तरिकाबाट महिलामाथि हिंसा हुने गरेको पाइन्छ । खासगरी महिला माथि कनि बलात्कार हुन्छ, के महिला कमजोर भएर हो ? महिला हेपिएर वा घटनामा दोषी ठहरिएका व्यक्तिलाई कानूनको कठघरामा ल्याएर कारबाही गर्न नसकेर हो महिलामाथि दिनप्रतिदिन यस्तो घटना घट्ने गरेका छन् । महिलामाथि हुने दुव्र्यवहार रोकथाम गर्नुपर्ने देखिन्छ । हुनतः महिलाले महिलालाई नै हेप्ने गरेका छन् । महिलाले महिलाका विषयमा ध्यान दिन सकेका छैनन् । महिलाले महिलालाई उचाल्ने र केहीले महिलालाई नै तल पार्ने काम गरेका छन् । महिलाले आफ्नो रितिरिवाज र संस्कृतिलाई नै होच्याउने काम गरेका छन् । महिलाको कुरा काट्ने र घर व्यवहार भाँड्ने काम महिला दिदीबहिनीले गर्दै आएको देखिन्छ । कतिपय महिला घर झगडाको सिकार भएका छन् । घर झगडाको कारणले गाउँ टोल छिमेकीले उचाल्ने र महिला भाँड्ने काम गर्दै आएका छन् ।
घर छाडेर बाहिर हिँड्ने काम महिलाले गरेका छन् । कतिपय महिला दिदीबहिनीहरुले जानी नजानी लागुपदार्थ सेवन गर्ने र लागुपदार्थ सेवन गरेपछि बाटो घाटोमा एक्लै हिँड्ने गरेको कारणले पनि महिलामाथि यस्ता बलात्कारका घटना हुने गरेको पाइन्छ । महिलाको कारणले अधिकाशंको घरबारविहीन हुन पुगेको छ । कतिपय पुरुष खाडी मुलुकमा कामको खोजीमा हिँडेका छन् र विभिन्न देशमा गएर तातो ४५ डिग्री तापक्रममा काम गरेर श्रीमती र छोराछोरीको पालनपोषण गर्न पैसा पठाउने गरेका छन् । पछि विदेशबाट घर फर्केपछि न श्रीमती, न पैसा हुने गरेको छ । श्रीमती अर्कैसँग हिँडेपछि छोराछोरीको बिजोग भएको देख्न सकिन्छ र अहिले अधिकाशं महिला दिदीबहिनी आफ्नो खुट्टामा उभिएका छन् । महिला पनि यो देशको राष्ट्रपति प्रधानन्यायाधीश उपसभामुख र राष्ट्र बैंकको टेपुटी गभर्नरसमेत भएका छन् । आगामी दिनमा पनि उच्च स्थानमा महिला दिदीबहिनी पुग्छन भन्ने विश्वास आम नेपालीलदे गरेका छन् । कतिपय नेपाली दिदीबहिनी विभिन्न संघ संस्थाबाट पनि पीडित भएको बताइन्छ । संघ संस्थाले महिला कर्मचारी उचाल्ने गरेको पाइन्छ । यस्ता विषयमा महिला दिदीबहिनी होसियार बन्नुपर्ने देखिन्छ । आगामी दिनमा महिला माथि हुने दुव्र्यवहारलाई मध्यनजर गरी समाधानको बाटोमा लाग्नुपर्ने देखिन्छ । महिलामाथि भएको घटनाको छानबिन गरी राज्यले दोषी माथि कारबाहीको दायरामा ल्याउनुपर्दछ ।
उता अहिले कलेज पढ्ने केटाकेटीमा रितिरिवाज, हाउभाउ परिवर्तन भई अनेक तानाबाना देख्न सकिन्छ । कलेज जाँदा एक आपसमा लभ गर्ने, युवायुवती एक आपसमा झगडा गर्ने, मारपिट गर्ने गरेका छन् । यस्ता विषयमा अधययन गरी दोषीमाथि कारबाही गर्नुपर्ने देखिन्छ । कतिपय युवायुवती लागु पदार्थमा फसेका छन् र लागु पदार्थको कारण पनि हत्या बलात्कारका घटना घटेका छन् । अधिकाशं कलेज पढ्ने युवायुवती कुलतमा फेसको देख्न सकिन्छ र अधिकाशं काठमाडौं उपत्यकाभित्र रहेका कलेजमा अध्ययन गर्न आउने युवायुवती नचाहिंदो कुलतमा रमाएको देख्न सकिन्छ ।
खासगरी नेपालको खुला सीमा भएको कारण पनि विभिन्न नाकबाट लागुऔषधको ओसारपसार र खुला रुपमा विक्री वितरण भएको कारणले नेपालका कुना काप्चा, घर गाउँ स्थलमा बलात्कारका घटना बढेर गएका छन् । यस्ता घटनाको रोकथामको लागि नेपाल सरकारदेखि विभिन्न संघ संस्थाले ध्यान दिन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *