रुपन्देहीको कपास उद्योगमा आगलागी

समाचार

बुटवल । रुपन्देहीको सैनामैनामा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना–६ कलौनीको पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहान ४ बजेदेखि आगो लागेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विद्युत् सट भएका कारण आगो लागेको हुनसक्ने बताएको छ । सैनमैना, बुटवल लगायतका ३ वटा दमकल प्रयोग गरेर अहिले आगो निभाउने काम भइरहेको छ । बस्ती जोगाउन उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीय खटेका छन् । यधपि आगो पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *