तनहुँको आँबुखैरेनीस्थित सडक भासिएको ठाउँमा दुई पुरुषको शव फेला

समाचार

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, ड्यामनजिक सडक भासिँदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुष शव फेलापरेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । “नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने संकेत देखिएको छ ।”गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भासिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको स्रोतको जानकारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *