फेरि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो 

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो

। निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ । एलपी ग्यासको भने मूल्य यथावत रहेको आयोगले जनाएको छ ।

यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रूपैयाँ प्रतिलिटर भाउ घटाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *