एआईजी पोखरेलको सपना पुरा होला कि अनुसासनको कारबाही होला ? 

राजनीति समाचार

काठमाडौं । सरकारले अतिरिक्त महानिरीक्षक धिरेन्द्र प्रताप सिंहले नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्न गरेको निर्णय प्रति अर्का अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले आपूmभन्दा जुनियर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको भनेर सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन् ।

अतिरिक्त महानिरीक्षक पोखरेलले दिएको रिटमाथि सर्वोच्च अदालतले तत्काल कुनै आदेश जारी गरेन । यही जेठ ३० उक्त रिट निवेदनमाथि कानुनी प्रक्रिया अगाडि बढाउने भनेर आदेश जारी गरेको छ । तर, सर्वोच्च अदालतको निर्णय आउनुपूर्व नै आफ्नो ३० दिनको विदा समाप्त भएपछि अतिरिक्त महानिरीक्षक पोखरेलले थप दश दिनको विदा मागेका थिए ।

तर, डीआईजी पोखरेलले मागेको १० दिनको विदा आइजीपी सिंहले अस्वीकृत गरिदिएका छन् । एआईजी पोखरेलले गत वैशाख १८ गतेबाट आपैmले अतिरिक्त महानिरीक्षकको पूmली लगाइदिएका धिरजप्रताप सिंहलाई महानिरीक्षक मान्न र सलाम गर्न समर्थ भएको भन्दै ३० दिन लामो विदा लिएका थिए ।

३० विदा समाप्त भएपछि र थप १० दिनको विदा स्वीकृति नभएपछि एआईजी पोखरेल अप्ठ्यारो स्थितिमा पर्न गएhhhzghhhhका छन् । यस सम्बन्धमा एआईजी पोखरेलले जागिर खान्न अथवा बिदामा बस्छु भन्ने आफ्नो अधिकार भएको दावी गर्दै सवोच्च अदालतबाट आपूmले दिएको रिटमाथि निर्णय नभएसम्म प्रहरी प्रधान कार्यालयमा नफर्कने सोच बनाएको देखिन्छ ।

तर, प्रहरी नियमावली अनुसार प्रहारी अधिकृतको बिदा पाउनु अधिकार नभएर माथिल्लो दर्जाको अधिकृतले परिस्थिति र अवस्था हेरेर आफ्नो बिबेक अनुसार गरेर छुट दिने सहुलियत मात्र भएको उल्लेख गर्दै आवश्यकता परेको समयमा विदामा बसेको अवस्थामा पनि काममा फर्किनुपर्ने तर्क गरिएको छ ।

समाचार अनुसार आपूmले रिटमार्पmत् गरेको दावी अनुसार महानिरीक्षक सिंहको नियुक्ति बदर नभए एआईजी पोखरेल प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी सम्हाल्न फर्कने पक्षमा छैनन् । र, अतिरिक्त महानिरीक्षकमा कायमै रहेको अवस्थामा यही साउन २० गते ५६ वर्षको उमेरहदको कारण उनले अनिर्वाय अवकास पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *