अब नेपालमा कृषि क्रान्तिको खाँचो

बिबिध लेख वाग्मती प्रदेश समाचार

नेपाल भारत सीमा विवाद सतहमा आएसँगै वर्तमान सरकारले गरेको यो नै एतिहासिक कामको हो भन्न थालिएको छ जनताले यसलाई अब हिमाल, पहाड र तराईका गाउँ गाउँ हरियाली बनाउने र बिउ बिजनको उत्पादन बढाउने काम सरकारले बृहत रुपमा कृषि क्रान्तिको गर्नुपर्ने, उद्योगधन्दा खोल्नु पर्ने अवस्था देखापरेको छ । वर्तमान बहुमतीय सरकारले गाउँमा घर र खेती गर्न कुलो, नहर, सरकार फलफूल पशु चौपाय पाल्ने किसानलाई न्यूनतम सदुपयोग गरी ब्याजमा ऋण दिनु पर्छ ।

बिउबिजन निःशुल्क गर्नु पर्छ, कृषि औजार पनि निःशुल्क दिनु पर्छ, जुनसुकै समयमा नाकाबन्दी र विचमा आइपर्ने समस्या हल गर्न सफल किसान बनाउन सकिएमा देश आत्म निर्भरतातर्फ अघि बढ्ने देखिन्छ । देश समृद्ध र विकास जनता सुखी बनाउन मनमोहन अधिकारी प्रधानमन्त्री बन्दा ल्याएको नारा नै काफी भएको छ । लोकप्रिय सरकारले ल्याएको विकासको अवसरलाई महत्वपूर्ण काम भनेर जनताले खुसी व्यक्त गर्थे ।

त्यसपछि नेपाली किसान सहकारीबाट ऋण लिएर किसान बचाउने एक मात्र उपाय कृषिमा क्रान्तिलाई पूर्णअवसर दिई बढ्दा बेस हुँदै जानु सन्तुष्टिलाई सम्बोधन हुने अवस्था आउँछ । अहिले नेपालीलाई ३ वटा विषयले पाठ सिकाएको छ । एउटा ०७२ सालको भूकम्प, यसपछि भारतले गरेको नाकाबन्दी र कोरोनाको कारण जनता पीडित बनाएको छ र नेपालीलाई अब कृषि नै चाहिने रहेछ भन्ने जानकारी हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *