काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनबाट राजनीतिक दलहरुलाई विस्तापित गर्ने काम भएको थियो । २३ गतेको जेनजी आन्दोलनले उग्र रुप लिएपछि भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष राजीनामा दिँदा पनि आन्दोलनकारीहरु झन् तोडफोड, लुटपाट र आगजनीमा उत्रिएका थिए । ती आन्दोलनकारीहरुलाई सुरक्षा निकाएले रोक्न सकेन ।
सुरक्षा निकायहरुले रोक्ने प्रयास गर्दागर्दै पनि उनीहरुलाई काठमाडौंका मेयर बालेन शाहले आन्दोलन नरोक्नको लागि अझ बढि उकास्ने काम गरे । त्यसले गर्दा मुलुकमा ठूलो जनधनको क्षति हुन पुगेको थियो । जनधनको क्षति भएसँगै राजनीतिक दलहरु पनि मुसा जस्तै दुला पसेका थिए । आन्दोलनकै क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उनकी श्रीमतिले आन्दोकारीहरुबाट नमज्जाले पिटाइ खान पुगिन् ।
आन्दोलन शान्त भइसकेपछि सभापति शेरबहादुर देउवाले बैठक बोलाएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबहाकको जिम्मेवारी दिएर आफू पन्छिने काम गरेका छन् । अन्य दलका नेताहरु अहिलेसम्म देश र राजनीतिप्रति कोही बोल्न सकेका छैनन् ।
तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने जेनजी भनेका हाम्रै पार्टीका नेता÷कार्यकर्ता हुन् भन्दै अभिव्यक्ति दिने गरेका थिए । उता, नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतले भने त्यो आन्दोलनविरुद्ध खरो रुपमा बोल्दै आएका छन् । महेश बस्नेतले यो आन्दोलन जेनजीसेन्जी कोहि होइन विदेशहरुको घुसपैठ भएर लुटपाट मच्चाउने काम भएको बताउँदै आएका छन् ।
जेनजी पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारले चुनाव गराउन नसक्ने भएकाले देश जोगाउन एमालेको विकल्प नरहेको बताउँदै आएका छन् । पोलिट ब्युरो सदस्य बस्नेत खरो रुपमा उत्रिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर संसद् पुनःस्थापनाको माग गरेका छन् । एमालेले संसद् पुनस्थापनाको विषय उठाएपछि कांग्रेसले त्यसको समर्थन जनाएको छ भने अन्य दलका नेताहरु संसद् पुनःस्थापनाको पक्षमा खुलेर बोल्न सकेका छैनन् । तर, नेकपा एमालेले संसद् पुनस्थापनाको माग गर्दै आन्दोलन गर्ने बताएको छ ।
जेनजी पुस्ताको आन्दोलनबाट गुमनाम भएका राजनीतिक दलहरुमध्य संसद् पुनस्थापनाको माग राखेर बोल्ने पार्टी नेकपा एमाले मात्रै भएको छ । एमालेको आडमा अन्य दलहरुले समर्थन जनाउने आँकलन गरिन्छ । त्यसले गर्दा आगामी फागुन २१ निर्वाचन होइन संसद् पुनस्थापना हुने सम्भावना बढेर गएको छ । नेकपा एमालेले उठाएका राष्ट्र, राष्ट्रियताको विषयसँगैं भारतले मिचेको नेपालको भूभाग समेटेर चुच्चे नक्सा बनाई सार्वजनिक गरेपछि भारत एमालेसँग रुष्ट बन्दै आएको थियो । भारत त रुष्ट बनेको थियो नै प्रधानमन्त्री केपी ओलीका सल्लाहकार र आफ्नो बोलीको कारण पार्टीकै नेता तथा कार्यकर्ताहरु रुष्ट बन्न पुगेका थिए ।
जब ओली प्रधानमन्त्री बन्छन् तब उनका सल्लाहकार विष्णु रिमाल, राजेश बज्राचार्य, युवराज खतिवडा, अग्नि खरेलहरुले ओली र पार्टीको बद्नाम गराउने काम गर्दै आएका थिए । त्यसैको कारण आज नेकपा एमालेले यो दुदर्शा भोग्नुपरेको छ । एमालेले दुदर्शा भोगे तापनि राष्ट्र र जनताको लागि एमालेका कार्यकर्ता एक भएर अगाडि बढेका छन् । कार्यकर्ताकै आडमा एमाले अध्यक्ष ओली र पोलिट ब्युरो सदस्य महेश बस्नेत चेतावनीका साथ अगाडि बढिरहेका छन् । एमालेकै आडमा अन्य दलहरु पनि संसद् पुनस्थापनाको पक्षमा उभिने भएका छन् ।
जेनजी आन्दोलनले सबै राजनीतिक दलका कार्यालय र अधिकांश नेताको घर ध्वस्त भएपछि छिन्नभिन्न भएका राजनीतिक दलहरुलाई एक ठाउँमा उभ्याउने प्रयास एमालेले गर्दै आएको छ । देश राजनीतिक संकट परिरहेको बेलामा नेकपा एमाले भने अग्र पंत्तिमा लड्दै आएको छ । त्यसले गर्दा एमालेले मात्रै नेपालमा लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्ने पार्टीको स्थापित भएको छ । जेनजी आन्दोलनकारीहरुले राजनीतिक दलका शीर्ष नेताहरुको घर जलाउनुको साथै पैसासमेत फेलाा थिए भने एमाले अध्यक्ष ओलीको घर जलाउँदा पैसा फेला पार्न सकेका थिएनन् ।
पैसा फेला नपारेकै एमालेले जनतासमक्ष अगाडी बढ्ने आँट गरेको छ । तर, कांग्रेस, माओवादीलगायत अन्य दलका शीर्ष नेताहरुको घरबाट ठूलो मात्रामा पैसा भेटिएपछि उनीहरुले जनतासमक्ष खुलेर बोल्न सकेका छैनन् । तर, एमालेका नेताहरुको घर जलाएर नष्ट गरिए तापनि पैसा नभेटिएकाले अन्य दलको तुलनामा एमालेका नेताहरु इमानदार भएको पाइन्छ । अध्यक्ष ओलीको ताप्लेजुङमा रहेको पुख्र्यौली घर, झापाको घर र भक्तपुरको घरसमेत ध्वस्त बनाउँदा पनि डटेर परिस्थितिको सामना गरिराखेका छन् । त्यसैले गर्दा आगामी निर्वाचनमा एमाले नै अग्र पार्टीको रुपमा स्थापित हुने आमसर्वसाधारण बुझाइ छ ।
