काठमाण्डौ । दलीय आवरणबाट चलेको नेपाल प्रहरी र शसस्त्र प्रदेशमा जस्तै गुप्तचर अर्थात राष्ट्रिय अनुसन्धान विभागमा छैन । गुप्चर प्रहरी भन्नको लागि गोप्य सूचनाको वहाक भनिए पनि त्यहाँ कामको केहि मापन रहेको पाइँदैन । गृहमन्त्रीको पहुंचकै भरमा भरिएको त्यो ठाउँ आज लोक सेवावाट आएका काविल अधिकृतहरु ओथारो बसेको पोथी जस्तै भएका छन् ।
कांग्रेसीको इसारामा चल्दा टेकेन्द्र कार्की प्रमुख भए पनि उनीबाट गुप्तचरको गोप्यता पूर्वगृहमन्त्री एवं कांग्रेसका कार्यवाहक सभापतिलाई बुझाउने भन्दा अन्य काम उपलब्धि नास्तीमयोग भएको छ । जेन्जी सरकारका गृहमन्त्री स्वयं गुप्तचरवाट परिचालित डाइना भएको कुरा कार्कीले खोजेका छैनन् । किनभने कार्कीलाई आफूँ उपप्रमुखबाट प्रमुख भएपछि उनको ठाउँ खाली रहेको छ । त्यहाँ एमालेका भ्रष्ट सम्राटहरुको इच्छा पुरा गर्न सक्छन् भने कार्कीले प्रधानमन्त्री कार्यलय लगेर डाईना बनाएका छन् ।अर्थात एमाले बनाएर केपी ओलीले डामेका तनहुँका किशोर श्रेष्ठलाई उप निर्देशक बनाउनु पर्छ ।
किन भने प्रमुख टेकेन्द्र कार्की कांग्रेसका कार्यवाहक सभापति भएपछि एमालेका अध्यक्ष केपी ओलीका विस्वासी पात्र श्रेष्ठ उप प्रमुख बन्दा दलीय घरातल मिल्छ । गृहमन्त्री ओम प्रकाश अर्यालको हैसीयत गुप्तचरको कामगर्ने थियो । देवीराम शर्मा प्रमुख हुँदा छिमेकी जिल्लाको नाताले निरिक्षक पदमा कानूनको विट हेर्ने गरी २०५१ सालमा अर्याललाई गुप्तचर बनाएका कारण राष्ट्रिय अनुसन्धानको पनि भित्री तुजुक देखिन्थ्यो । अहिलेको गुप्तचर जुम्लाका टेकेन्द्र कार्की सुर्खेतवासी बन्नु र तनहुँ्को किशोर श्रेष्ठ एमालेका ओली पथको ओथारो वस्तु एउटै हो ।
प्रधानमन्त्री आफै असुरक्षित भएपछि वालुवाटार छाड्दा सूरक्षा अंगका चार जनाले दिएको सुझाव मानेका थिएनन् । त्यही स्वमावकी प्रधान मन्त्री शुशिला कार्कीले ऑफू मातहातको गुप्तचरलाई पूरानै ठाउमा फर्काए पनि निगरानी र नियन्त्रण आफैले गरेकी छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सुशिला काकीको चरित्र र व्यवहार उस्तै हो । कार्की जेनजी प्रस्ताको समर्थकले प्रधानमन्त्री भइन् भने ओली माफीया तस्करको संरक्षणमा काँग्रेसको सहयोगमा झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्न पुगेका थिए । त्यो बेला गुप्तचरी गरेका ओम प्रकाश अर्याल अहिले ओली विरुद्ध कारवाही गर्ने पक्षमा गृहमन्त्री छन् । तर तत्कालीन प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने हैसियत उनको छैन । यदि कारबाही गर्ने हैसियत उनले राखे तापनि ओलीलाई कारबाही भने हुने छैन ।
