महिलाको शोषण महिलाले नै गर्दै

राजनीति समाचार

काठमाण्डौ । मेरो साथी नामक एनजीओमार्फत देशको गरिबी र अभावसँग जुधिरहेका सुत्केरी महिलाहरुलाई सहयोग गर्ने नाममा अमेरिकी दाताहरु मार्फतअल्मल्याएर काम गर्ने महिलाहरुलाई पारिश्रमिक नदिने भएपछि डा आरजू राणा बदनाम बन्दै गएकी थिइन् । समाज कल्याण परिषद्मा दर्ता गर्ने आय व्याय विवरण सत्य तथ्य नराख्ने राजनीति पहुँच भएकाहरुले नै एनजीओ आइनजीओ चलाउँछन । अहिले पनि एनजीओ आइएनजीआको नाममा अर्बाेको योजना समाज कल्याण परिषदमा दर्ता भएका छन् । सरकार नै एनजीआहरुको हो भने मत बढेको छ ।

एमालेको एनजीओ फेडेरेशन सक्रिय छ । एडभोकेसी फोरम, इन्सेक, यातना पिडित, सरोकार केन्द्र जस्ता ठूला समूह अमेरिकी सहयोग नियोग एनजीओ आइएनजीओ वाट डलर ओसार्ने संस्था थिए । कनकमणि दीक्षितहरु संचार क्षेत्रमाथी लोकतन्त्र संघियताको वकालत गर्ने एनजीओ चलाएका थिए । क्षितिज समूहहरूले माओवादी माथी आक्रमण गरेका कारण ४८ करोडको झण्डा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेका थिए ।

डा. आरजुको सम्बन्ध अमेरिकी बेलायती दातासँग मात्र थिएन। सार्क राष्ट्रका श्रीलंका भारत र बंगालीहरु सँग पनि राम्रो भएपछि डलर भित्र्याउन गरिवको फोटो बेच्ने धन्दा चलेकै थियो ।। काम गर्यो पारिश्रमिक नपाएका प्रेस युनियनका पुराना नेताको रुपमा स्थापित घिमिरे थरका पत्रकार पनि डा आरजुवाट शोषित थिए । आज नेपालमा एनजीओहरुले राजनीति कार्यकर्ता र नेताहरुलाई लाई ठग र भ्रष्टचारी बनाएदिएको छ । एमाले र कांग्रेसका टाई लगाउनेहरुले अवको बाटो कुन रोज्छन् प्रतिक्षा गर्नेपर्छ । तर डा.आरजु राणा भने थला परेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *