सद्भावना बिउँताउँदै अनिल झा

राजनीति समाचार

काठमाडौं । मधेसको मुद्दा चर्काएर मधेसमा सद्भावना पार्टीलाई बचाउन नसकेका राजेन्द्र महतो र अनिल झा लोकतान्त्रिक समाजवादीबाट अलग भएको स्थितिले मधेसी राजनीतिमा अन्यौल खडा भएको छ । राजेन्द्र महतो मधेसमुक्ति क्रान्तिका नाममा राजनीति गर्दैछन् । महतोको विद्रोहबाट टेरपुच्छर नलगाएका अध्यक्ष महन्थ ठाकुरसँग सर्वेन्द्रनाथ शुक्ला, शरदसिंह भणडरीहरुले लोसपालाई कति सहयोग गर्छन् ?

तर भारत भ्रमणबाट फर्केका लोसपामा महन्त ठाकुरको पेलाईमा परेका अनिल झा सद्भावना पार्टी नै बिउँताउन तम्सेका छन् । झालाई संस्थापक अध्यक्ष स्व.गजेन्द्रनारायण सिंहको भावना, मधेशप्रतिको लगाव मधेसमा सिंहदरबारको हेपाहा शैलकिा बारेमा थाहा छ । सिंहकै वरपर बसेर मधेसको राजनीति गर्दा जनतासँग जोडिएका झा रौतहटका हुन् । उनले गृह जिल्लामा समेत छुट्टै दल र संगठन बनाएका छैनन् । चुावमा पराजित भएपछि हराएका अनिल झा सद्भावना पार्टी ब्यूँताउने तयारी गरेको कुरा दिल्ली आउजाउले देखाउँछ ।

मधेसका नागरिकलाई सिंहदरबारले हेपेको दाबी गर्दै सरकारमा पुगेपछि मन्त्रीको तहबाट गरेर हुने काम पनि नगर्ने नेता नै अहिले जसपा र लोसपाका नाममा सिंहदरबारमा रजाई गरेका छन् । मधेसमा सरकार छ तर सरकारले जनतालाई नागरिकता दिलाउन संघीय सरकारबाट अधिकार लिन सकेको छैन । मधेसका जनताले आफ्नै देशको नागरिकता पाएका छैनन् । तर मधेसी दलको एजेण्डामा नागरिकता प्रमुख मुद्दा छ ।

जसपा, लोसपाजस्ता ठेकेदार पार्टीहरुले सत्ता र शक्तिकै आडमा आफै मस्ती गर्दैछन् । पद र कुर्सीमा उपेन्द्र र महन्थ आलोपालो शासक भएका छन् । तर मधेसको पीडा सम्बोधन गर्न सकेका छैनन् । सत्ता र शक्तिको घेरा बाहिर पुगेका अनिल झासमेत मधेशको वास्तविक पीडालाई उठाउन सक्ने अवस्थामा छैनन् । नागरिकता सद्भावना पार्टीको जन्मजात एजेन्डा नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *