सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बिरामी हेलिकप्टरबाट ल्याइयो

समाचार

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ९आँबुखैरेनी सडकखण्डको साँखरमा सडक भासिएपछि गए रातिदेखि नै बाटो अवरूद्ध छ।

यो सडकखण्ड भएर आउजाउ गर्ने सवारी साधनलाई जताबाट आएको हो उतै फिर्ता गरिएको थियो।सडक अवरूद्ध हुँदा एम्बुलेन्सहरू पनि रोकिएका छन्।

गोरखा बारपाकका बिरामी बालशम्शेर गुरूङलाई पनि एम्बुलेन्समा राखेर काठमाडौं ल्याइँदै थियो। तर सडक अवरूद्ध भएपछि प्रहरीले सवारी साधन फर्काइदियो।

बालशम्शेरलाई दमौली लगियो। हेलिकप्टर मगाएर गुरूङका परिवारले उनलाई उपचारका लागि काठमाडौं ल्याएका छन्।

सोमबारदेखि गुरूङको स्वास्थ्यमा समस्या देखिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *