राष्ट्र बैंकले भन्यो : मुलुकको अर्थतन्त्र ओरालोतिर, महंगी उकालोतिर ?

राजनीति समाचार

काठमाडौं । सरकारमा रहेका आधिकारिक व्यक्तिहरुले मुलुकको आर्थिक अवस्था केही कमजोर भएपनि श्रीलंकाको जस्तो टाटैपल्टिने र मुलुकलाई आवश्यक पर्ने किताब, कपीदेखि औषधिसमेत खरिद गर्न नसक्ने अवस्थामा भने नपुगेको दावी गरिराखेका छन् । यसैगरी उनीहरुले मुलुकको आर्थिक अवस्था क्रमशः सुधार हुँदै गएको दावी पनि गरेका छन् ।

आधिकारिक व्यक्तिहरुले यस्तो दावी गरेकै कारण सरकारले गत जेठको सुरुमा विदेशी मुद्राको सञ्चितीको कमजोर अवस्थालाई ध्यानमा राखेर सवारी साधन, रक्सी, चुरोटलगायतका विभिन्न दश वस्तुको आयातमाथि असार मसान्तसम्मका लागि भनेर रोक्ने निर्णय गरेको थियो ।

सरकारको आधिकारिक क्षेत्रबाट मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा यसरी आस्वस्त पारिरहँदा सरकारको प्रमुख आर्थिक सल्लाहकार नेपाल राष्ट्र बंैकले गत वर्षको साउनदेखि यो वर्षको वैशाख मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । १० महिनाको आर्थिक विवरणले मुलुकको अर्थतन्त्र निरन्तर रुपमा घटिराखेको देखाएको छ ।

त्यसैगरी महंगी बढिराखेको देखाएको छ । गत वैशाख महिनामा मात्रै विदेशी मुद्राको सञ्चिती ११ खर्ब ४६ अर्ब ४८ करोडले घटेको छ । यसैगरी गत चैत्र मसान्तसम्म विदेशी मुद्राको सञ्चिती ११ खर्ब ६७ अर्ब ५२ करोडले घटेको राष्ट्र बैंकेको विवरणले देखाएको छ । यसैगरी २०७८ साल असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैँया सञ्चिती घटेको छ ।

राष्ट्र बैंकले हालै जारी गरेको १० महिनाको आर्थिक विवरणले विदेशी मुद्राको सञ्चिती १८ प्रतिशतले कमी आएको देखाएको छ । सञ्चितीको कमीमा सबैभन्दा बढी अमेरिकी डलर हरेको छ । यसैगरी गत वैशाख महिनामा मात्रै मुलुकको व्यापार घाटा एक खर्ब २५ अर्ब २१ करोड थपेको छ । समग्रमा मुलुकको व्यापार घाटा २५ प्रतिशतले बढेको देखाएको छ । त्यस्तै विदेशी मुद्राको प्रमुख स्रोत मानिएको ¥यामिटेन्समा पनि कमी आएको छ ।

गत वर्षको यही अवधिमा १९ प्रतिशत रेमिट्यान्स बढेको थियो भने अहिले यो प्रतिशतले एक पनि छुन सकेको छैन । विदेशी मुद्राको सञ्चिति यसरी निरन्तर रुपमा घटिरहँदा मूल्य वृद्धि भने बढिराखेको छ । गत वैशाखमा समग्रमा ८ प्रतिशत मूल्य बृद्धि भएको राष्ट्र बैंकले जारी गरेको विवरणले उल्लेख गरेको छ । सोही अवधिमा सबै बढी मूल्य वृद्धि खाने तलमा भएको छ ।

तीन महिना अगाडिबाट रुस–युक्रेन युद्ध प्रारम्भ भएसँगै पेट्रोलियम पदार्थमा चर्को मूल्य वृद्धि भइरहेको छ । यसको असर खाद्यान्नलगायत अन्य वस्तुहरुमा पर्ने देखिएको छ । युद्ध अगाडि सुरुले युरोपलाई आवश्यक पर्ने गहुँमध्ये १५ प्रतिशत रुसले आपूर्ति गथ्र्यो ।

यसैगरी युक्रेनले युरोपलाई आवश्यक पर्ने गहुँमध्ये १३ प्रतिशत आपूर्ति गर्दै आएको थियो । तर, रुसी आक्रमणको कारण युक्रेनमा गहुँलगायत सम्पूर्ण अन्न नष्ठ भएको छ भने रुसले आफूले युरोपलाई निकासी गर्दै आएको गहुँलाई नै हतियारको रुपमा प्रयोग गर्न थालेको छ ।

रुस–युक्रेन युद्धका कारण व्यव्यापी रुपमा अन्नमा पर्न थालेको असर नेपालमा मूल्यवृद्धिको रुपमा पर्ने निश्चित छ । यसैगरी रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा खाद्यान्नमा पर्न सक्ने संकटलाई देखेर छिमेकी भारतले उखु, गहुँ र चिनीको निकासीमा रोक लगाइसकेको छ ।

यसको असर पनि नेपालमा पर्न जाने छ । त्यसकारण नेपालको आर्थिक अवस्था श्रीलंकासम्म पुगेर रोकिन्छ कि त्यहाँभन्दा तल जान्छ भन्नेमा अहिले नेपालका आर्थिक ज्ञाताहरुले भन्न सक्ने अवस्था देखिएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *