माओवादी अध्यक्ष प्रचण्डद्वारा अर्थमन्त्री शर्मालाई पदबाट राजीनामा दिन निर्देशन

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन् ।

प्रचण्डको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्माको पद धरापमा परेको छ। अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट बनाउने क्रममा एकजना पूर्वकर्मचारीलाई मध्यरातमा बोलाएर करको दर परिवर्तन गरेको आरोपसहित एमाले नेता योगेश भट्टराईले उनको राजीनामा मागेका थिए ।

पूर्वनायब सुब्बा रघुनाथ घिमिरेलाई राजस्वको दर हेरफेरका लागि जिम्मा दिएको समाचार बाहिरिएपछि उनीमाथि नैतिक दबाब परेको हो।

प्रचण्डले आइतबार साँझ नै शर्मालाई आफ्नो निवासमा बोलाएर यस्तो निर्देशन दिएको स्रोतको भनाइ छ । माओवादी नेता वर्षमान पुनले पहिलेदेखि नै अर्थमन्त्री फेर्न अध्यक्ष प्रचण्डलाई दबाब दिँदै आएका थिए ।

प्रचण्डले आइतबार बेलुका अर्थमन्त्री शर्मालाई बोलाएर विवादमा नफसी राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *